
काठमाडौं । दशैँको अवसरमा काठमाडौंमा किनमेल गर्नेहरूको भीड बढेको छ । मंगलबार राजधानीका अधिकांश सपिङ मल तथा बजारहरुमा किनमेल गर्नेहरुको भीडरहेको छ । अझ असन, इन्द्रचोक, महाबौद्ध, न्युरोडमा आवतजावत लाइन नै लाग्नु पर्ने अवस्था रहेको छ ।
साँघुरो बाटो मान्छेहरु आवतजावत गर्न निकै मुस्किल देखिन्थ्यो । ठूलाठूला भारी बोकेर हिड्ने बटुवाहरुको संख्या उत्तिकै । दुइपांग्रे सवारी आवतजावत नै बन्द थियो ।
सपिङ गर्नेहरु पसलबाट हास्दैँ बाहिर निस्किरहेका थिए भने कतिपय मानिस आफुले चाहे जस्तो कपडा नपाएर दिक्क मान्दै हिडिँरहेका पनि देखिन्थे
महँगीले गर्दा सस्तो खोज्दै दशैंमा गुजरा टार्नेहरूको भिड फेन्सी पसल भन्दा पनि फुटपातमा बढ्दो रहेको छ । सामानमा जुत्ता, पेटी, झोला, सर्ट पाइन्टदेखि कुर्ता सलवारसम्मै पनि यहाँका पसलमा राखेका थिए ।
दशैंको अवसर पारेर बजारमा समान किन्नको लागि सस्तोमा पाइन्छ भनेर बजारमा उपभोक्ताहरूको भिड लागेको भए पनि बजारमा सामान महँगो भएको भन्दै कतिपय उपभोक्ताहरू मोलमोलाइमात्र गरेर फर्कने गरेको व्यापारीहरू बताउँछन् ।
व्यापार गर्नेहरुका दशैं सबैभन्दा ठूलो सिजन पनि रहेको छ । त्यसकारण पनि व्यापारीहरु भ्याइनभ्याई देखिन्थे । किन्नेहरु भन्दा समान हेर्नेहरु मात्र बढी आउने गरेको असन कपडा व्यवसायी रितेश मर्हजनले भने ।
प्रतिक्रिया दिनुहोस