aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

नेम्वाङको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ भदौ २०८०
नेम्वाङको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं । सरकारले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संविधानसभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति सरकारले समवेदना प्रकट गरेको छ । 

संविधान निर्माण प्रक्रियामा उनले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिए । मन्त्री किरातीका अनुसार सरकारले उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय भएको छ । संविधानसभा अध्यक्ष नेम्वाङको आज बिहान निधन भएको हो । 

प्रतिक्रिया दिनुहोस