aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

एक लाख घुस लिएको आरोपमा वरिष्ठ हवल्दारविरुद्ध मुद्दा दायर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ भदौ २०८०
एक लाख घुस लिएको आरोपमा वरिष्ठ हवल्दारविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख घुस लिएको आरोपमा एक वरिष्ठ हवल्दारविरुद्ध मुद्दा दायर गरेको छ । प्रहरी प्रभाग बुढानीलकण्ठ काठमाडौंमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार बिष्णु सिंहविरुद्द विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।   

सिंहले खोलाको ढल सरसफाई तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत मागेका थिए । अख्तियारको टोलीले सिंहलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो । 

उनले घुस लिएको पुष्टि भएको अख्तियारको दाबी छ । सिंहसंग एक लाख रुपैयाँ बिगो माग गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।  
 

प्रतिक्रिया दिनुहोस