aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

संविधानसभाका अध्यक्षको मृत्यूले शोकमा डुब्यो इलाम( भिडियो)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ भदौ २०८०

इलाम । संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको मृत्यूले शोकमा डुबेको छ इलाम । उनी इलाम क्षेत्र नं २ बाट निर्वाचित  सङ्घीय सांसद भएका हुन। नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न भएको छ । उनी विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आएका उनी हाल नेकपा ९एमाले० संसदीय दलको उपनेतासमेत हुन । 

राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताकाको मुल मन्त्र सहित अघि बढ्नु भएका उनी इलामबजार नजिकै सुन्तलाबारमा जन्मिए भएका थिए । नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिष्ट राजनीतिमा होमिएका थिए । २०३३ सालमा राजद्रोह मुद्दामा केही समय जेल परे । २०४८ र २०५२ सालमा राष्ट्रियसभाको सदस्य समेत हुन । मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री बने । 

विसं २०५६ को संसदीय निर्वाचन जितेर नेम्वाङ सार्वजनिक लेखा समिति सभापति बने उनी जनआन्दोलन विसं २०६२÷६३ को जनआन्दोलनको सफलतासँगै पुनःस्थापित प्रतिनिधिसभाको सभामुख समेत हुन । नेम्वाङ २०६४ र २०७० सालमा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष हुन । हाल पनि उनी इलाम क्षेत्र नम्वर दुईबाट निर्वाचन जितेर नेकपा एमालेको संसदिय दलको उपनेता हुन । 

नेम्वाङको निधन भएको खबर पाएसँगै जिल्ला तहका विभिन्न राजनीतिक दल, नेता, सामाजिक अभियान्ता, विद्यार्थीलगायतले दुःख व्यक्त गरिरहेका छन् । नेकपा एमाले इलामले उनको मृत्यूले सिंगो अभिभावक गुमाएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस