aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

विश्व व्यापारमा ‘डि-ग्लोबलाइजेशन’, कस्तो पर्ला नेपालमा प्रभाव ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ भदौ २०८०
विश्व व्यापारमा ‘डि-ग्लोबलाइजेशन’, कस्तो पर्ला नेपालमा प्रभाव ?

अन्तर्राष्ट्रिय व्यापारले डि-ग्लोबलाइजेशन (अवैश्विकरण) को बाटोमा यात्रा तय गर्न थालेको विश्व व्यापार संगठन (डब्ल्यूटीओ) ले पहिलो पटक स्वीकार गरेको छ । मंगलबार सार्वजनिक गरेको आफ्नो प्रतिवेदनमा व्यापारको विश्वव्यापीकरणमा ‘विखण्डनको पहिलो संकेत’ देखा परेको बताउँदै  डब्ल्यूटीओले अब अर्थतन्त्रको वृद्धि र विकासमा यो घटनाको प्रभाव पर्ने चेतावनी पनि दिएको हो ।

युक्रेनको युद्ध र चीनमा कोरोना महामारीताका गरिएको लकडाउनले विश्वव्यापी आपूर्ति शृङ्खलाहरूमा महत्त्वपूर्ण अवरोध उत्पन्न गरेपछि ‘अवैश्वीकरण’ को विचारतर्फ आकर्षण बढेको हो । अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी आफ्नो वार्षिक प्रतिवेदनमा विश्व व्यापार संगठन (डब्ल्यूटीओ) का अर्थशास्त्रीहरूले ‘व्यापार विभाजनको पहिलो संकेतले आर्थिक वृद्धि र विकासलाई सुस्त पार्ने खतरा’ भन्दै ‘पुनर्वैश्वीकरण’ को पक्षमा आफ्नो तर्क पेश गरेका छन्।

धेरै दशकदेखि विश्वव्यापी व्यापारको विस्तारले विश्वव्यापी आर्थिक वृद्धिलाई तीव्र गतिमा आघि बढाएको थियो । तर सन् ‘२००८-२००९ को विश्वव्यापी वित्तीय संकटपछि यो रोकिएको छ । ‘त्यसयता एक प्रकारले स्थिरता भएको छ’, डब्ल्यूटीओका प्रमुख अर्थशास्त्री राल्फ ओसालाई उदृत गर्दै एएफपीले लेखेको छ।

सुस्त विश्वव्यापीकरणको यो चरण पछि ‘हामी अवैश्वीकरणको चरणमा जाँदैछौं’ भन्ने हो, उनले भने, ‘प्रतिवेदनले भूराजनीतिक तनावले विश्वभरको व्यापार प्रवाहमा प्रभाव पार्न थालेको देखाउँछ।’

‘हामी डि-ग्लोबलाइजिङबाट धेरै टाढा छौं, तर प्रणालीमा दरारहरू देख्न थालिएको छ,’ ओसाले भने, ‘विशेष गरी युक्रेनमा रूसी आक्रमण पछि व्यापार विभाजनले भूराजनीतिक विभाजनलाई पछ्याएको छ।’

यो निष्कर्षमा पुग्नुअघि डब्ल्यूटीओले दुई भूराजनीतिक ब्लकहरू बीचको व्यापारको गणना गरेको थियो । संयुक्त राष्ट्रसंघ महासभामा मतदान गर्ने बेलामा उनीहरूमा देखिएको विभाजन्को आधारमा गरिएको यो अध्ययन र विश्लेषणले नै यी पश्चिमा अर्थशास्त्रीहरूलाई अत्याएको हो । त्यसमा कुनै देशको नाम त किटान गरिएको छैन, तर हालका वर्षहरूमा पश्चिम र रूस र चीनबीच बढेको तनावलाई नै आधार मानिएको देखिन्छ।

प्रतिवेदनमा दुई पक्षबीच बस्तु व्यापारको प्रवाह प्रत्येक समूहभित्रको तुलनामा चारदेखि छ प्रतिशत सुस्त भएको उल्लेख छ । ‘हामी साँच्चै यहाँ एक चौबाटोमा छौं,’ डब्ल्यूटीओको प्रतिवेदन रिपोर्ट तयार गर्ने समूहका संयोजक तथा अनुसन्धान अर्थशास्त्री भिक्टर स्टोल्जेनबर्गले टिप्पणी गरेका छन् । स्टोल्जेनबर्गले भनेका छन्, ‘अब कि त हामी भूमण्डलीकरणलाई पुन: स्वीकार गर्ने प्रयास गर्छौं वा हामी खण्डीकरण तर्फ जाँदैछौं।’

डब्ल्यूटीओले विश्व व्यापारलाई दुई फरक ब्लकमा विभाजन गर्दा विश्वको वास्तविक आयको अनुमानित पाँच प्रतिशत खर्च हुने जनाएको छ । त्यसैगरी केही विकासशील अर्थतन्त्रहरूले दोहोरो अंकको घाटाको सामना गर्नु पर्ने डब्लुटीओको निष्कर्ष छ।

कस्तो पर्छ नेपालमा प्रभाव ?

व्यापारको अवैश्वीकरणले विकासशील अर्थतन्त्रहरूका लागि प्रायः चुनौतीहरू प्रस्तुत गर्दछ । तर, विशेष परिस्थितिमा रहेका मुलुकहरूले सही नीति छनौट गर्ने हो भने अवैश्वीकरणले विकासशील अर्थतन्त्रहरूमा सकारात्मक प्रभाव पार्न सक्छ ।

विश्व व्यापारमा हालै शुरु भएको अवैश्वीकरणले विकाशशील मुलुकलाई नकारात्मक असर पर्ने पश्चिमा अर्थशास्त्रीहरूले चेतावनी दिएपनि नेपाल जस्तो विशिष्ट परिस्थितिमा रहेको र व्यापारिक भूमण्डलीकरणको दुष्प्रभावबाट पीडित मुलुकलाई नयाँ अवसर प्राप्त हुने देखिन्छ ।

एक विकासोन्मुख देश भएको कारण नेपालले आयात प्रतिस्थापन उद्योगहरूलाई प्रवर्द्धन गर्ने अवसरको रूपमा अवैश्विकरण प्रयोग गर्न सक्छ । आयातित वस्तुहरूमा निर्भरता घटाएर र स्वदेशी उद्योगहरूको वृद्धिलाई बढावा दिएर नेपालले रोजगारी सिर्जना गर्न, स्थानीय उत्पादन बढाउन र व्यापार घाटा कम गर्न सक्छ । नेपालको अर्थतन्त्र कृषिमा धेरै निर्भर छ । व्यापारको अवैश्वीकरणले घरेलु कृषि उत्पादकहरूलाई संरक्षण गर्ने, खाद्य सुरक्षा र ग्रामीण जीवनस्तरमा सुधार ल्याउने नीतिहरू अगाडी बढाउन सहज मार्ग तयार गरिदिन सक्छ।

त्यसैगरी, साना र मध्यम आकारका उद्यमहरू प्रायः विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न संघर्ष गर्न असमर्थ हुन्छन् । अवैश्विकरणले स्थानीय र क्षेत्रीय बजारहरूमा ध्यान केन्द्रित गरेर यी व्यवसायहरूलाई फस्टाउने अवसरहरू सिर्जना गर्न सक्छ । ठूला उद्योग खोल्नुपर्ने बाध्यतामा रहेको नेपाल विदेशी लगानीमा धेरै निर्भर हुँदा वित्तीय संकट र पूँजी पलायनको जोखिममा पर्न सक्छ । साना तथा मझौला उद्योगको विकासले हाम्रो अरूसंगको निर्भरता घटाउन र आर्थिक स्थिरता बढाउन सहयोग पुग्छ।

नेपालले आफ्नो प्राकृतिक स्रोत निर्यातका लागि दोहन गर्नुपर्ने दबाबको सामना गरिरहेको छ तर व्यापारको अवैश्वीकरणले दिगो स्रोत व्यवस्थापनलाई प्राथमिकता दिने र वातावरणीय ह्रास कम गर्ने नीतिहरू निर्माण गर्ने वातावरण सृजना गर्न सक्छ । यसबाहेक व्यापारको अविश्वीकरणले विकासोन्मुख अर्थतन्त्र भएको नेपाललाई आफ्नो आर्थिक गतिविधि विविधीकरण गर्न प्रोत्साहित गर्न सक्छ । निर्यात गर्ने वस्तु र बजारको दायरा साँघुरो हुने हुँदा यस्ता राष्ट्रहरूलाई विश्वव्यापी आर्थिक झट्काहरूको सामना गर्न सजिलो हुन्छ।

विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न नेपालले प्रविधि र विशेषज्ञता आयात गर्नुपर्ने बाध्यता छ । अवैश्विकरणले अनुसन्धान र विकासमा लगानीलाई प्रोत्साहन गर्न सक्छ, जसले स्थानीय प्रविधि र ज्ञानको विकास गर्न उत्प्रेरणा मिल्नेछ । अन्तर्राष्ट्रिय व्यापारमा कम निर्भरताले नेपालजस्तो अर्थतन्त्रहरूलाई आफ्नो वित्तीय नीति निर्माणमा स्वःनियन्त्रण प्राप्त हुन्छ । जसले गर्दा स्थानीय उद्योगहरूको संरक्षण र राजस्व संकलन गर्न भन्सार कर बढाउने र व्यापार प्रतिबन्ध लागाउने जस्ता उपायहरू लागू गर्न सकिनेछ।

अवैश्वीकरणले विकासशील अर्थतन्त्रहरूलाई क्षेत्रीय आर्थिक एकीकरणका लागी प्रोत्साहित गर्न सक्छ । नेपलली भारत र चीन जस्ता छिमेकी देशहरूसँग सहकार्य गरेर तिनीहरूको ठूला बजारहरू र व्यापारिक ब्लकहरू मार्फत विश्वव्यापी मञ्चमा सामूहिक बार्गेनिङ पावर बढाउन सक्छ । यता घरेलु तहमा भने यसबाट प्राप्त हुने आर्थिक वृद्धिका फाइदाहरू जनतामाझ समान रूपमा वितरण हुने सुनिश्चित गरी सामाजिक समानतालाई प्रवर्द्धन गर्न पनि अविश्वीकरण नीतिहरू निर्माण गर्न सकिन्छ।

नेपालले आफ्नो प्राकृतिक स्रोत निर्यातका लागि दोहन गर्नुपर्ने दबाबको सामना गरिरहेको छ तर व्यापारको अवैश्वीकरणले दिगो स्रोत व्यवस्थापनलाई प्राथमिकता दिने र वातावरणीय ह्रास कम गर्ने नीतिहरू निर्माण गर्ने वातावरण सृजना गर्न सक्छ । यसबाहेक व्यापारको अविश्वीकरणले विकासोन्मुख अर्थतन्त्र भएको नेपाललाई आफ्नो आर्थिक गतिविधि विविधीकरण गर्न प्रोत्साहित गर्न सक्छ । निर्यात गर्ने वस्तु र बजारको दायरा साँघुरो हुने हुँदा यस्ता राष्ट्रहरूलाई विश्वव्यापी आर्थिक झट्काहरूको सामना गर्न सजिलो हुन्छ।

विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न नेपालले प्रविधि र विशेषज्ञता आयात गर्नुपर्ने बाध्यता छ । अवैश्वीकरणले अनुसन्धान र विकासमा लगानीलाई प्रोत्साहन गर्न सक्छ, जसले स्थानीय प्रविधि र ज्ञानको विकास गर्न उत्प्रेरणा मिल्नेछ । अन्तर्राष्ट्रिय व्यापारमा कम निर्भरताले नेपाल जस्तो अर्थतन्त्रहरू आफ्नो वित्तीय नीति निर्माणमा स्वनियन्त्रण प्राप्त हुन्छ । जसले गर्दा स्थानीय उद्योगहरूको संरक्षण र राजस्व संकलन गर्न भन्सार कर बढाउने र व्यापार प्रतिबन्ध लगाउने जस्ता उपायहरू लागू गर्न सकिनेछ।

अवैश्वीकरणले विकासशील अर्थतन्त्रहरूलाई क्षेत्रीय आर्थिक एकीकरणका लागी प्रोत्साहित गर्न सक्छ । नेपाली भारत र चीन जस्ता छिमेकी देशहरूसँग सहकार्य गरेर तिनीहरूको ठूला बजारहरू र व्यापारिक ब्लकहरू मार्फत विश्वव्यापी मञ्चमा सामूहिक बार्गेनिङ पावर बढाउन सक्छ । यता घरेलु तहमा भने यसबाट प्राप्त हुने आर्थिक वृद्धिका फाइदाहरू जनतामाझ समान रूपमा वितरण हुने सुनिश्चित गरी सामाजिक समानतालाई प्रवर्द्धन गर्न पनि अवैश्वीकरण नीतिहरू निर्माण गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस