
एजेन्सी । आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनसँग शिखर वार्ता गरेर उत्तर कोरियाली सर्वोच्च नेता किन जोङ उन स्वदेश फर्किएका छन् ।
भ्लादिभोस्तकबाट करिब एक हजार किलोमिटर टाढा रहेको साइबेरियाको अमुर क्षेत्रको रूसी अन्तरिक्ष केन्द्रमाराष्ट्रपति पुटिनसँग शिखर वार्ता गरेर नेता किम आफ्नो अभेद्य रेलमा स्वदेश फर्किएका रूसी समाचार संस्था आरआईए नोवोस्तीले जनाएको छ
उनी राष्ट्रपति पुटिनको निमन्त्रणमा रूस भ्रमणमा थिए । वार्ताका क्रममा उत्तर कोरियाली नेताले राष्ट्रपति पुटिनलाई मस्कोका सेनाले आफ्ना शत्रुहरूमाथि ‘महान् विजय’ हासिल गर्ने आश्वासन दिएको रूसी समाचार समितिहरूले जनाएका छन् । उनले रूसी सेनाको प्रशंसा गर्दै युक्रेन युद्ध जित्ने विश्वास व्यक्त गरेका थिए ।
राष्ट्रपति पुटिनले दुई देशबीचको सहयोग भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै रूस र उत्तर कोरियाको समृद्धिको कामना गरेको खबरहरूमा उल्लेख छ ।
किम युक्रेनसँग युद्धरत रूसलाई परम्परागत हतियार दिन र रूसबाट अत्याधुनिक हतियार एवम् रूसबाट जासुसी उपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्नेप्रविधि हस्तान्तरण तथा खाद्यान्नलगायत सहयोग लिन रूस पुगेका थिए । सो बारे दुई देशबीच के कस्ता सम्झौता भयो भन्ने खुलिसकेको छैन ।
प्रतिक्रिया दिनुहोस