aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

१० दिनमा १० लाखले छाडे उपत्यका

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ असोज २०७६
१० दिनमा १० लाखले छाडे उपत्यका

काठमाडौं । टिकट बुकिङ खुला भएयता १० लाख यात्रु दसैंका लागि उपत्यकाबाट बाहिरिएका छन् । दसैंमा घर जाने यात्रको दैनिक टिकट काउन्टरमा भीड लाग्ने गरेको छ ।

असोज ५ गतेबाट टिकट बुकिङ खुला भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार मंगलबारसम्म ९ लाख ९२ हजार ८ सय ६७ यात्रु बाहिरिएका छन्।

६ लाख ९१ हजार ६ सय ४६ यात्रु भित्रिएका छन् । जसमा १ लाख १९ हजार ४ सय ६७ सवारी साधन यात्रु बोकेर बाहिरिएको उनले बताए । त्यस्तै यात्रसँग बढी भाडा लिने २०८ जनालाई कारबाही गरिएको छ। ‘यात्रसंग बढी भाडा लिने केहीलाई ठाउँकाठाउँ जरिवाना गरिएको छ,’ प्रमुख ढकालले भने, ‘केहीलाई थुनामा राखेर समेत कारबाही अगाडि बढाइएको छ ।’

उनका अनुसार उपत्यकाका १४ स्थानमा यात्रुलाई सहजता प्रदान गर्न नागरिक सहायता कक्ष राखिएको छ । जहाँ सबैभन्दा बढी गुनासा टिकट नपाएको आएको छ। सुरक्षा योजना कार्यान्वयन गरिरहँदा नागरिक सहायता कक्षमा १० वटा गुनासा दर्ता भएका छन्,  ‘मौखिक गुनासा धेरै छन्,’ उनले भने, ‘धेरै गुनासा टिकट नपाएको, सिट नम्बर उल्लेख नभएको, बढी भाडा लिएको, टिकट काटेर यात्रु नलिई गएको, गाडी नम्बर फरक परेको भन्ने छ । उनले गुनासासमेत कार्यान्वयन गर्दै आएको बताए । 

नयाँ बसपार्कबाट बाहिरिने गाडीको अनिवार्य रूपमा यान्त्रिक परीक्षण गर्ने गरिएको छ । यात्रु लिएर हिँडेका गाडीलाई एकरदुई किमिभित्रमा मादक पदार्थ सेवन गरेको छरछैन भनेर चेकजाँच गर्ने गरिएको छ । गाडीमा अनिवार्य रूपमा भाडादर टॉस्न लगाइएको ट्राफिक प्रहरीको दाबी छ। ‘चाडबाडमा धेरै दुर्घटना हुन्छन,’ उनले भने, ‘दुर्घटना कम गराउन चेकजाँचमा कडाइ गरेका छौं, उपत्यकामा मात्र ४५ ठाउँमा चेक प्वाइन्ट खडा गरेका छौं।’ यो समाचार अजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस