aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

नेम्वाङको राजकीय सम्मानसहित पशुपतिमा अन्त्येष्टि गरिने, शवयात्रा शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ भदौ २०८०
नेम्वाङको राजकीय सम्मानसहित पशुपतिमा अन्त्येष्टि गरिने, शवयात्रा शुरु

काठमाडौं । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष  सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु भएको छ । नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गराएको हो ।  

उनको निजी निवास बालुवाटारबाट सुरु भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुग्ने छ । नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि हुनेछ । 

प्रतिक्रिया दिनुहोस