सखुवासभा। विद्युत्का लागि उर्वर जिल्ला मानिएको सखुवासभामा अरुण नदीबाट मात्र तीन हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने भएको छ ।
अरुण नदीमा पाँचवटा जलविद्युत् आयोजना रहन सक्ने र त्यसबाट तीन हजार ३९५ मेगावाट विद्युत्उ त्पादन हुने देखिएको हो। पाँचवटा ठूला आयोजनामध्ये अहिले नौ सय मेगावाटको अरुण तेस्रो निर्माणको क्रममा छ भने अन्य आयोजनाको अध्ययन भइसकेको छ । एक हजार ६१ मेगावाटको अपर अरुण, छ सय मेगावाटको लोवर अरुण, ४३४ मेगावाटको किमाथाङ्का अरुण र चार सय मेगावाटको अरुण ४ को अध्ययन भइसकेको विद्युत् विकास विभागले जनाएको छ ।
नेपालको पानी जनताको लगानी कार्यक्रम समावेश अपर अरुण भोटखोला गाउँपालिकाको चेपुवा र रुकुमाको बीचमा निर्माण हुने भनिएको छ । यस आयोजनाको सम्पूर्ण अध्ययन पूरा भइसकेको विद्युत्वि कास विभागलाई उद्धत गर्दै ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए। नेपाल र नेपालीको लगानीबाट सञ्चालन गरिने यो परियोजना केही वर्षभित्रै सुरु हुनेसमेत उनले बताए ।
छ सय मेगावाटको लोवर अरुणको पनि अध्ययन सकिएको बताइएको छ । यो परियोजना खाँदबारी नगरपालिकाको हेलुवाबेंसी र चेवाईसी क्षेत्रभित्र निर्माण हुने बताइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकशित छ ।
प्रतिक्रिया दिनुहोस