काठमाडौं । वडा दशैको बिदामा पनि राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडका २२ वटा शाखा कार्यालयहरू खुला रहने भएका छन् । जस मध्य दुई शाखाहरु विजया दशमीको दिन पनि खुला रहेने भएका छन् ।
वडा दशैंको अवसरमा बिदा हुने दिनहरू असोज १८, १९, २० र २२ गते राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडका २२ वटा शाखा कार्यालयहरू बिहान १० बजेदेखि १ बजेसम्म खुल्ला रहने भएका हुन्।
काठमाडौँ उपत्याकाभित्रका शाखा कार्यालय बानेश्वर, भोटाहिटी, महाराजगञ्ज, कलङ्की, ललितपुर र त्रि.अ. विमानस्थल खुल्ला रहने बैङ्कलेजनाएको छ।
त्यसैगरी काठमाडौं उपत्यका बाहिरका शाखा कार्यालय विर्तामोड, दमक, इटहरी, विराटनगर, जनकपुर, वीरगञ्ज, नारायणगढ, बुटवल, भैरहवा, महेन्द्रपुल, तुलसीपुर, कोहलपुर, सुर्खेत, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर खुल्ला रहने छन्।
शाखा कार्यालय बानेश्वर र महेन्द्रपुल विजया दशमीको दिन पनि खुल्ला रहने शाखाहरूबाट नगद जम्मा तथा चेकको भुक्तानी गरी ग्रहकलाई सेवा प्रदान गरिने जनाएको छ। यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकशित छ ।
प्रतिक्रिया दिनुहोस