एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबीच रूसको सुदूर पूर्वमा भएको उच्चस्तरीय शिखर वार्तापछि क्रेमलिनले बिहीबार एकअर्कालाई राइफल उपहार दिएको जनाएको छ । पुटिनले पश्चिमा मुलुकबाट बहिष्कृत भएका अन्य कट्टरपन्थी नेताहरूसँग गठबन्धनलाई मजबुत बनाउने प्रयास गर्नुभएको छ र हतियार सम्झौतामा सहमत हुने अड्कलबाजीबीच किमसँग भेट गरेका छन् ।
“पुटिनले ‘किमलाई हाम्रो उत्पादनमध्ये उच्च गुणस्तरको राइफल दिनुभयो,” क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन् । बदलामा पुटिनले उत्तर कोरियामा निर्मित राइफल पनि उपहाररूवप प्राप्त गरेका छन् । पेस्कोभले भनेका छन्, “पुटिनले किमलाई ‘अन्तरिक्षमा धेरै पटक भ्रमण गरेको अन्तरिक्ष सूटको पञ्जा’ पनि दिएका छन् । यसलाई उत्तर कोरियाको अन्तरिक्ष यात्राको सफलताको शुभेच्छाका रूपमा अथ्र्याइएको छ ।”
उनले किमको रूस भ्रमण अझै केही दिन लम्बिने बताएक छन् । उत्तर कोरियाली नेता मङ्गलबार रूस पुगेका थिए । युक्रेनमा रूसको पूर्ण आक्रमणका कारण रूसपश्चिम र उसका केही परम्परागत साझेदारबाट अलग्गिएको अवस्थामा दुई नेताबीचको मैत्रीपूर्ण सम्बन्ध बनेको हो । अमेरिकी अधिकारी र विज्ञहरूले युक्रेनमा प्रयोग हुने गरी उत्तर कोरियाली गोलाबारुद खरिद गर्न रूस इच्छुक रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस