aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

जापानको केयरगिभरमा कोटा थपियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ असोज २०७६
जापानको केयरगिभरमा कोटा थपियो

काठमाडौं । जापानले पहिलो चरणमा नेपालबाट १ हजार केयरगिभरका लागि श्रमिक माग गर्ने जनाउदै आवेदन खुला गरे पनि नेपाल सरकारको अनुरोधमा सो संख्यामा केही थप गर्ने भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालस्थित जापानी दूतावाससँग छलफल गरेर पूर्वनिर्धारित १ हजारभन्दा बढी नेपाली युवाको माग संख्या बढाउन अनुरोध गरेको हो। मन्त्रालयका सहसचिव उमेश ढुंगानाले १ हजारमात्र नेपालीलाई केयरगिभरमा जापान लैजाने निर्णयलाई पुनरावलोकन गर्न काठमाडौंस्थित जापानी राजदूतावासमार्फत त्यहाँको सरकारलाई अनुरोध गरिएको बताए ।

“दूतावाससँगको छलफलमा केयरगिभरको लागि निर्धारण गरिएको कोटा १ भन्दा बढी हुने गरी बढाउने आवश्वासन प्राप्त भएको छ,” सहसचिव ढुंगानाले कारोबारसँग भने, “असोजको अन्तिम साता नेपाल र जापान सरकारबीच हुने अनलाइन बैठकमा समेत नेपालले कोटा बढाउने सम्बन्धमा अनुरोध गर्ने भएको छ ।”

नेपाल र जापानको रोजगारी सम्बन्धमा देखिएका समस्यामा छलफल गर्न दुवै देशका ३/३ जना प्राविधिक टोली (करेस्पोन्डेन्ट टिम) तोकिएको छ। यही टिमले जापानको रोजगामा देखिएका विभिन्न सुधारका पक्षमा छलफल गर्नेछन्। जापानले नेपाललगायत ९ राष्ट्रबाट विभिन्न १४ क्षेत्रमा विदेशी कामदार हुने जनाउदै नेपालबाट पहिलो चरणमा केयरगिभर क्षेत्रमा १ हजारभन्दा बढी युवा लैजाने जनाएको छ ।  यो समाचार आजको कारोबार देनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस