aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

स्रोत नखुलेको १३ लाख ७० हजारसहित नबिन पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ भदौ २०८०
स्रोत नखुलेको १३ लाख ७० हजारसहित नबिन पक्राउ

महोत्तरी । स्रोत नखुलेको रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मटिहानी नगरपलिका ८ दसगजाबाट स्रोत नखुलेको १३ लाख ७० हजार रुपैयाँसहित मटिहानी नगरपालिका ८ बस्ने ४० वर्षीय नबिन साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी मटिहानीबाट संयुक्त रुपमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज.१० प ३५४१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनलाई उक्त रकमसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस