
काठमाडौं, वैशाख १७ । संस्कृतिविद् सत्यमोहन जोशी वैशाख ३० गते ९९ वर्ष पूरा गरी १०० वर्षमा प्रवेश गर्दै छन् । शताब्दी पुरुष जोशीको सयौं वर्ष प्रवेश गरेको सन्दर्भमा ललितपुर महानगरपालिकाले आफ्नो नगरमा वैशाख ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साथै वर्षभरी नै महागरपालिकाले विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । जन्मशताब्दी मनाउनका लागि मेयर चिरीबाबु महर्जनको संयोजकत्वमा महानगरपालिकाले १०१ सदस्यीय समितिसमेत गठन गरेको छ ।
प्रतिक्रिया दिनुहोस