aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

माछा पोखरीमा डुबेर बिराटनगरमा १४ महिने बालकको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ असोज २०७६
माछा पोखरीमा डुबेर बिराटनगरमा १४ महिने बालकको मृत्यु

बिराटनगर । बिराटनगर र मोरङको बिराटनगर महानगरपालिका-१७ मटेरुवामा माछा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । स्थानीय अशोक ऋषिदेवको १४ महिने छोरा सागर ऋषिदेव घर छेउमा रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको हो ।

मंगलवार अपरान्ह पौने ५ बजेको समयमा खेल्दै जाने क्रममा अचानक पोखरीमा डुबेका बालकलाई तत्काल उद्धार गरी उपचारको लागी कोशी अञ्चल अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस