aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

उच्च अदालतका सात न्यायाधीशको सरुवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३१ भदौ २०८०
उच्च अदालतका सात न्यायाधीशको सरुवा

काठमाडौं । उच्च अदालतका सात र जिल्ला अदालतका पाँच जना न्यायाधीशको सरुवा गरिएको छ । न्याय परिषद्को आज बसेको बैठकले न्यायाधीशको सरुवा गरेको हो । बैठकले जिल्ला न्यायाधीशको २९ पदका लागि भएको परीक्षामा एक जनाले मात्र लिखित परीक्षा उत्तिर्ण गरेकोप्रति छलफल गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भने, “२९ जनाका लागि  खुलाएको विज्ञापनमा जम्मा १ जना उत्तीर्ण भएको पाइयो, यसबारे पनि बैठकमा समीक्षा भएको छ ।” गत २६ जेठमा न्याय सेवा आयोगले २९ जिल्ला न्यायाधीश माग गर्दै गरेको विज्ञापनमा दुई सय ११ जनाले लिखित परीक्षा दिएका थिए । उनीहरूमध्ये पारसमणि पोखरेल मात्रै उत्तीर्ण हुन । उनको अन्तर्वार्ता सोमबार हुनेछ । उनले न्याय सेवामा उपसचिव हुन ।

प्रतिक्रिया दिनुहोस