
काठमाडौं । एक महिलामाथी याैन दुरव्रयवहारकाे अाराेपमा सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि खालि रहेकाे सभामुख पद सत्ता पक्षकाे खल्तिबाट बाहिरिने सम्भावना बढेकाे छ ।
संबैधानिक ब्यवस्था अनुसार सभामुख वा उपसभामुख मध्ये एक प्रतिपक्षाकाे हुने ब्यवस्था भएकाेले संविधानको भावना र संसदीय मूल्य मान्यतालाई ख्याल गर्ने हो भने सभामुख पद नेकपाबाट फुत्किने लगभग पक्का भएको हाे ।
सभामुख पद नेकपाको हातबाट गुम्ने अवस्था देखिए पनि यो पद कांग्रेसकै भागमा पर्छ भन्नेचाहिँ निश्चित छैन । यो पद साना दलको भागमा पनि पर्न सक्ने सम्भावना देखापरेको छ ।
प्रतिक्रिया दिनुहोस