aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भारत ‘खुल्ला दिसामुक्त’ घोषणा गरिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ असोज २०७६
भारत ‘खुल्ला दिसामुक्त’ घोषणा गरिँदै

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द मोदीले आज महात्मा गान्धीको १५० औं जन्मोत्सवका अवसरमा भारतलाई ‘खुल्ला दिसामुक्त’ घोषणा गर्दैछन् ।

नरेन्द्र मोदीले अहमदावादस्थित सावरमती नदी छेउमा उभिएर आफ्नो देश ‘खुल्ला दिसामुक्त’ क्षेत्र भएको घोषणा गर्ने योजना छ ।

मोदीले २० हजार सरपञ्चको सहभागिता हुने सम्मेलन अघि उभिएर भारतलाई ‘खुल्ला दिसामुक्त’ घोषणा गर्दैछन् ।

‘२० हजारमध्ये झण्डै आधा सरपञ्च गुजरातका हुनेछन् र बाँकी अन्य प्रदेशका हुनेछन्,’ गुजरातका उप–मुख्यमन्त्री नितिन पटेलले भने ।

‘देशलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेर स्वच्छतातर्फको पहिलो कदम सफलतापूर्वक चालिएको छ,’ पटेलले भने ।

भारतका प्रधानमन्त्री मोदी साँझ ६ बजे अहमदावाद पुग्नेछन् । त्यहाँ उनी सबैभन्दा पहिले सावरमती आश्रममा पुगेर महात्मा गान्धीलाई श्रद्धान्जली दिनेछन् ।

त्यसपछि मोदीले सावरमती नदी गएर ठूलो मानिस अघि भारतलाई ‘खुल्ला दिसामुक्त राष्ट्र घोषणा’ गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस