aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

जापानका सम्राटद्वारा गद्धी त्यागको घोषणा

  • बीबीसी
    बीबीसी
  • मंगलबार, १७ बैशाख २०७६
जापानका सम्राटद्वारा गद्धी त्यागको घोषणा

टोकियो । जापानका सम्राट अकिहितोले मंगलबार गद्धी त्यागको घोषणा गरेका छन् । सो अवसरमा उनले जापान र संसारको शान्ति तथा वैभवताको कामना पनि गरेका छन्  । दुई सय वर्षभन्दा बढीको समयमा जापानमा सम्राटले गद्धी त्यागेको यो पहिलो पटक हो । आज यस सम्बन्धमा राजदरबारभित्र विभिन्न औपचारिक कार्यक्रम गरिएका थिए ।

८५ वर्षीय सम्राटलाई बुढ्यौली र स्वास्थ्य अवस्थाका कारण कार्यभार ग्रहण गर्न नसकिने अवस्थामा पदबाट हट्नका लागि कानूनी रुपमा अनुमति छ । उनका छोरा युवराज नारुहितोले गद्धी लिनेछन् । 

विभिन्न परम्परागत कार्यक्रम सकिएपछि सम्राटले आफूले छोडेको जनाउन अन्तिम सम्बोधन गरेका हुन् । अकिहितो सन् १८१७ पछि पहिलो पटक यसरी स्वेच्छाले गद्धी त्याग्ने जापानी सम्राट हुन् ।  

उनले सन् २०१६ मा गद्धी त्याग्ने विषयमा घोषणा गरेका थिए । उनले त्यसबेलामा आफ्नो स्वास्थ्यलाई नै कारण बताएका थिए । उनले छोडेपछि नारुहितोले १२६ औं सम्राटको रुपमा कार्यभार सम्हाल्नेछन् । ५९ वर्षीय नारुहितोले अक्सफोर्डमा अध्ययन गरेका हुन् । उनी २८ वर्षको उमेरमा युवराज भएका थिए ।

प्रतिक्रिया दिनुहोस