काठमाडौं । अचार मन नपर्ने मान्छे सायद कमै होलान् । अचार भन्ने बित्तिकै धेरै मान्छेको मुख रसाउने गर्दछ । नेपाली भान्सामा अचार महत्वपूर्ण परिकार मानिन्छ । दैनिक जीवनको खानपान लगायत भोज भतेरमा समेत अचारको छुट्टै महत्व हुन्छ ।
अचारलेसंगै खाइरहेको परिकारमा नयाँ स्वाद थपिदिन्छ । मासु, तरकारी तथा फलफूलबाट पनि अचार बनाउन सकिन्छ। अचार एउटा ताजा हुन्छ भने अर्को बट्टामा केही समय आगाडी बनाएर राखिएको हुन्छ, जसलाई खाँदेको अचार भनिन्छ । चाडबाडमा हुने समयको अभाव र मासु लगायतका मसलादार खानामा मिल्ने स्वादका कारण खाँदेको मुलाको अचार वास्तबमै राम्रो मानिन्छ ।
मुलाको खाँदेको अचार बनाउने तरिका :
साँदेको मुलाको अचार बनाउनको लागि आवश्यक सामग्रीहरु;
- दुईवटा मुला
- आधा चम्चा रातो खुर्सानीको धूलो
- आचा चम्चा बेसार
- थोरै हिङ
- आधा चम्चा अजवाइन
- आधा चम्चा मेथी
- एक ठूलो चम्चा रायोको दाना
- एक ठूलो चम्चा सौप
- १-२ चम्चा नुन
- आवश्यकताअनुसार तोरीको तेल
बनाउने विधि;
- मुलालाई लाम्चो आकारमा काट्नुपर्छ ।
- मुला काटेपछि त्यसलाई घाममा सुकाउने ।
- मुला माथि खुर्सानी राख्ने र त्यसमा लसुन पनि राखेर सुकाउने ।
- त्यसलाई दुई दिनसम्म सुकाउनुपर्छ ।
- दुई दिनपछि सुकाएको मुला, खुर्सानी, लसुन निकाल्ने ।
- प्यानमा तोरी भुटेर पिस्ने ।
- अब जिरा भुट्ने र पिस्ने ।
- मुलामा नुन, खुर्सानी, बेसार लगायत सबै मसलाहरु राख्ने ।
- अब त्यसमा तेल राख्ने र राम्रोसंग मिक्स गर्ने ।
- त्यसपछि एउटा बट्टामा मुलाको अचार राख्ने ।
- बट्टालाई घाममा कम्तिमा पनि चार दिन सम्म नचलाई राख्नुपर्छ ।
- मुलाको अचार दुई तीन दिन घाममा राखेपछि खानको लागि उत्कृष्ठ हुन्छ ।
प्रतिक्रिया दिनुहोस