aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

अर्थतन्त्र किन समस्यामा छ ? यसो भन्छन्‌ अर्थमन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ असोज २०८०
अर्थतन्त्र किन समस्यामा छ ? यसो भन्छन्‌ अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्रोत उपलब्ध भए पनि चलायमान नहुँदा अर्थतन्त्र समस्यामा परेको बताएका छन्‌ । निक्षेप तथा कर्जा सुरक्षण कोषको पचासौं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले अर्थतन्त्रबारे फैलाइएका नकारात्मक सर्कुलर अन्त्य गर्नुपर्ने बताएका हुन्‌ । 

अर्थतन्त्रमा समस्या भए पनि विस्तारै कम हुँदै गएको डा. महतले दाबी गरेका छन्‌ । समस्या सम्बोधनका लागि सरकारले सहजीकरण गर्ने काममा कमी हुन नदिने, अप्ठ्यारा हटाउँदै जाने र कतिपय हटिसकेका अर्थमन्त्रीको भनाइ छ ।

‘पर्यटक आगमन बढिरहेको छ । विप्रेषण प्रवाह बढिरहेको छ । अर्थतन्त्रमा रिर्सोस आइरहेको छ, तर चलायमान भएको छैन,’ अर्थमन्त्रीले भने, ‘हातमा परेको पैसा कहाँ के गर्ने भन्ने असुरक्षाका कुरा व्यापक प्रवाह भइरहेको छ । खत्तम छ अर्थतन्त्र, अहिले खर्च गर्न ठीक समय होइन, लगानी नगरौं, बैंकहरूले लगानी नगरुन्‌, पैसा थुपारुन्‌, राखुन्‌ भन्ने जुन नकारात्मक सर्कुलर छ, त्यसलाई हामीले अन्त्य गर्नुपर्छ ।’ 

अर्थतन्त्रमा स्रोत भएकाले यो चलायमान हुँदा आर्थिक गतिविधि बढ्ने र त्यसो हुँदा रोजगारी पनि सिर्जना हुने अर्थमन्त्रीले उल्लेख गरे । राजश्वमा परेको दबाब अन्त्य हुँदा अपेक्षाअनुसार लगानी बढ्ने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस