aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

पाकिस्तानमा आगामी जनवरीमा आम चुनाव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ असोज २०८०
पाकिस्तानमा आगामी जनवरीमा आम चुनाव

एजेन्सी । पाकिस्तानमा आगामी जनवरीमा आम निर्वाचन हुने भएको छ । आगामी जनवरीको अन्तिम सातामा चुनाव गर्ने घोषणा निर्वाचन आयोगले बिहीबार गरेको हो ।

‘निर्वाचन क्षेत्रको अन्तिम नामावली नोभेम्बर ३० मा प्रकाशित हुनेछ। त्यसपछि ५४ दिनको निर्वाचन कार्यक्रम पश्चात सन् २०२४ को जनवरीको अन्तिम साता निर्वाचन हुनेछ,’ आयोगले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गरेर जेल हालिएपछि गत अगष्ट १० मा पाकिस्तानको संसद्‌ भंग भएको थियो । संसद्‌ भंग भएको ९० दिनभित्रै आम चुनाव गर्नुपर्नेमा त्यहाँको निर्वाचन आयोगले झण्डै पाँच महिनापछि चुनाव गर्ने जनाएको हो ।

प्रतिक्रिया दिनुहोस