
काठमाडौं । सन् २०२१ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन दर्ता बुधबारदेखि खुलेको छ।
बुधबार मध्याह्न १२ बजेदेखि खुलेको अनलाइन आवेदन ५ नोभेम्बर २०१९ मध्याह्न १२ बजे बन्द हुने छ । नेपालस्थित अमेरिकी राजदूतावासले दिएको जानकारीअनुसार आवेदन दर्ता ५ नोभेम्बर २०१९ मा बन्द हुनेछ।
आवेदन भर्न कुनै शुल्क नलाग्ने दूतावासले जनाएको छ। आवेदकले फारम भर्दा आफ्नो पासपोर्ट नम्बर, पासपोर्ट सकिने म्याद र इमेल अनिवार्य राख्नु पर्नेछ।
एक व्यक्तिले एकपटक मात्र आवेदन दिन सक्नेछन् । एकभन्दा बढी पटक आवेदन फारम भर्ने व्यक्ति डीभीका लागि अयोग्य ठहरिने छन् ।
आवेदन फारम भर्न कुनै शुल्क लाग्दैन । डीभीको अनलाइन फारम आफैंले भर्न र फारम भरिसकेपछि प्राप्त हुने कनफर्मेसन नम्बर सुरक्षित राख्नु पर्ने छ । नतिजा सार्वजनिक भएपछि त्यही कन्फर्मेसन नम्बरको आधारमा आफूलाई डीभी परे/नपरेको थाहा हुन्छ ।
यस वर्ष ५५ हजारले डीभी चिठ्ठामार्फत् अमेरिकाको भिसा पाउने अमेरिकी अधिकारीहरु बताउँछन् । व्यक्तिगत विवरणको आधारमा कम्प्युटर सिस्टमले डीभीको लागि योग्य व्यक्तिहरुको छनोट गर्ने छ । तर डीभी पर्दैमा अमेरिकाको भिसा पाउने निश्चित हुँदैन ।
आवेदनमा आफ्ना पति/पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानको विवरण राख्नुपर्छ।
फारम भर्दा फोटो भने हालसालै खिचिएको हुनुपर्ने छ, अघिल्लो वर्षको डिभी फारममा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरे अयोग्य ठहरिनेछ।
सन् २०२१ मा अमेरिकाले संसारभरिबाट ५५ हजार जनालाई डिभीबाट अमेरिका लैजाने बताएको छ।
प्रतिक्रिया दिनुहोस