aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

नक्कली नोटसहित बिवेक राई पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ असोज २०८०
नक्कली नोटसहित बिवेक राई पक्राउ

काठमाडौं । नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । ईटहरी उपमहानगरपालिका ६ हटिया लाईनबाट १ हजार दरको १६ सय थान नक्कली नोटसहित संखुवासभा पाँचखपन नगरपालिका ५ खमारे बस्ने २५ वर्षीय बिवेक राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस