काठमाडौं । भेस्पा र अप्रिलाका स्कुटरमा नयाँ अफर सार्वजनिक गरिएको छ । दशैं तिहार तथा छठको अवसरमा भेस्पा र अप्रिलाको चाडवाड अफर अन्तर्गत दुगड़ ब्रदर्स एण्ड सन्स प्रालिले अफर योजना ल्याएको हो ।
यस अफर अनुसार ग्राहकले यस पटक कुनै पनि भेस्पा/अप्रिलियाको खरिदमा सिधै ४० हजार रुपैयाँ नगद छुट प्राप्त गर्नेछन् । यो अफरमा कुनै पनि किसिमको शर्तहरु लागु हुने छैन ।
यो अफर सिमित अवधीका लागि मात्र कायम रहने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस