aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सिंहदरबार अगाडि प्रदर्शन गर्ने १७ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ असोज २०८०
सिंहदरबार अगाडि प्रदर्शन गर्ने १७ जना पक्राउ

काठमाडौं । सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विद्यालय शिक्षा विधेयकको विरोधमा आज दिउँसो सिंहदबार अगाडि प्रदर्शनमा उत्रिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए । उनका अनुसार पक्राउ परेका अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहितका १७ जनालाई अहिले सिंहदरबार वृत्तमा लगिएको छ । 

प्रतिक्रिया दिनुहोस