
काठमाडौं । खानामा स्वाद ल्याउन र दशैंमा पाहुनाको चित्त बुझाउन गाह्रो हुने गर्दछ । आएका पाहुनालाई अलग–अलग स्वाद मनपर्ने हुन्छ । दशैंमा अधिकांश परिवारमा खसी बोका काट्ने गरे पनि कुखुरा, च्याङग्रा, माछा, अष्ट्रिजलगायतको परिकार बनाउने गरेको पाइन्छ।
दशैंको बेला मासुको खपत बढी हुन्छ । यस्तो बेलामा स्वस्थकर मासुको भएन भने यसले महामारी पनि निम्त्याउने खतरा हुन्छ । त्यसका कारण जुनसुकैको मासु बनाए पनि त्यसलाई स्वस्थ्कर तरिकाले बनाउँदा राम्रो हुुन्छ, त्यसैले मासुका विभिन्न परिकार बनाउने टिप्स यहाँ प्रस्तुत गरिएको छ ।
यसरी बनाउँनुस् स्वादिलो फिस करी
दशैंमा माछा खाँदै हुनुहुन्छ ? माछालाई विदेशतिर भेजका रूपमा पनि गणना गरिन्छ । तर, नेपाल, भारतलगायतका देशमा भने मासुको विकल्पको रुपमा माछालाई लिने गरिन्छ । त्यसैले यहाँमा माछालाई स्वदिलो तरिकाले बनाउने तरिका प्रस्तुत गरेका छौं ।
आवश्यक सामग्री
पकाउने तरिका
माछालाई स्लाइस बनाएर काट्ने, कुखराको अण्डा फुटाउने र त्यसमा एक चम्चा चिलि पेस्ट, आधा चम्चा धूलो खुर्सानी धूलो, जिरा पाउडर, लसुन, अदुवाको पेस्ट, बेसार, तिल, नुन, तोरीको पेस्ट, २ चम्चा मैदा, कागतीको रस र पानी राखी राम्ररी मिक्स गर्ने । काटेको माछालाई मसलामा केही बेरसम्म डुबाउने । त्यसपछि तातो तेलमा माछालाई राम्ररी पल्टाई–पल्टाई फ्राई गर्ने । फ्राई गरिसकेपछि तेल तैरने पेपर, कपडा वा भाँडोमा उक्त माछालाई राख्ने । यसरी घरैमा स्वादिलो माछा तयार गर्न सकिन्छ ।
चिकेन चिल्ली
बनाउने प्रक्रिया
मासुमा कर्नफ्लोर, धुलो खुर्सानी, मरिच, नुन राखेर मुछ्ने अनि कम्तिमा १५ मिनेटसम्म त्यसै राख्ने राम्ररी तातेको तेलमा मुछेको मासुलाई राम्ररी फ्राई गर्ने अनि निकाल्ने । पुनः भाँडोमा भेंडे खुर्सानी, सानो–सानो गरी काटिएको लसुनको टुक्रा, हरियो खुर्सानी, प्याज, नुन, धुलो खुर्सानी, सोया सस, मरिचको धुलो, टोमाटो सस, हरियो प्याजलाई हल्का फाई गर्ने र अन्त्यमा यसअघि फ्राई गरेको मासु राखेर सबै फ्राई गर्ने । केही बेरपछि गोलभेंडा राखेर चलाउने ।
अष्ट्रिचको मासु
नेपालमा अष्ट्रिचको मासु नयाँ परिकार हो । नेपालमा अष्ट्रिचको मासुको प्रयोग गर्न थालिएको धेरै भएको छैन । अष्ट्रिचको मासु घरमा ल्याउनु भयो भने कसरी पकाउने ? यसलाई हामीले सामान्य विधिबाट प्रस्तुत गरेका छौं ।
आवश्यक सामग्री
पकाउने तरिका
भाँडामा तेल तताउने, कोटको प्याज तेलमा फ्राई गर्ने साथै गरम मसला पनि राख्ने, अष्ट्रिच मासु राखेर करिब ४ मिनेटजति फ्राई गर्ने । उक्त मासुमा अदुवा, लसुनको पेस्ट तथा बेसार राखी चलाउने, केही बेरपछि गोलभेंडा राखी पकाउने । सुख्खा भएपछि उमालेको पानी राख्ने र केही बेरसम्म पकाउने, यसरी अष्ट्रिचको मासु पकाउन सकिन्छ ।
आलु र अण्डाको चप
कतिपय मानिले मासु खान मन पराउदैनन् तर उनीहरुलाई अण्डा भने मन पर्छ । यस्तो अवस्थामा उनीहरुको लागि आलु र अण्डा चप राम्रो परिकार हुन सक्छ ।
आलु र अण्डाको चपको लागि आवश्यक सामग्री
पकाउने तरिका
– सबैभन्दा पहिला, अण्डाको भुजिया बनाउने त्यसको लागि तातिएको तेलमा अण्डा राखी चलाउने, अनि क्रमशः प्याज, गोलभेंडा, अदुवा र लसुनको पेस्ट, बेसार, जिरा तथा धनियाँको पाउडर, रातो धुलो खुर्सानी, नुन राखेर फ्राई गर्ने ।
– अण्डाको भुजिया पकाउन्जेलसम्म उसिनेको आलुलाई मुछ्ने, मुछेको आलुमा काटेको गोलभेंडा, काटेको प्याज, अदुवा र लसुनको पेस्ट, जिरा तथा धनियाँको पाउडर, धुलो खुर्सानी, हरियो खुर्सानी, बेसार, नुन, धनियाँ राखी राम्ररी मुछ्ने ।
– मिश्रणलाई बराबर आकारको डल्लो बनाउने ।
– फ्राइ गरेको अण्डा पाकेपछि डल्लो बनाएको मिश्रणको बीचमा हाल्ने अनि पुनः नफुट्ने गरी डल्लो बनाउने ।
– पुनः काँचो अण्डालाई फुटाउने त्यसलाई घोल्ने, त्यसपछि पहिला डल्लो बनाएको मिश्रणलाई काँचो अण्डामा डुबाउने ।
– राम्ररी डुबिसकेपछि निकालेर ब्रेडक्रमको बाक्लो लेयर बनाउने ।
– तातो तेलमा फ्राइ गर्ने र हल्का खैरौ रंग भएपछि निकाल्ने ।
प्याजको पकौडा
पकाउने तरिका
– सर्वप्रथम भाँडोमा तातो तेल राखेर तताउने
– काटेको प्याजमा हरियो खुर्सानी, बेसार, धुलो खुर्सानी, जिरा धनियाँ, नुन, बेसन र अदुवा लसुनको पेस्ट एकै ठाउँमा राखेर राम्ररी मुछ्ने । यदी राम्ररी मुछिएन भने पानी पनि राख्न सकिन्छ । तर, धेरै गिलो गरी मुछ्नु हँुदैन ।
– तेल एकदमै तातेपछि मुछेको मिश्रणलाई सानो साइजमा चेप्टो आकार बनाइ तेलमा तार्ने क्रमशः प्याजी बनाउदै तेलमा तार्दै जाने ।
– एकापटिको भाग पाकेपछि अर्को पट्टि फर्काउदै जाने ।
– रातो–रातो भएपछि प्याजलाई तेल सोस्ने अथवा तैर्याउने भाँडोमा राख्नुपर्छ । यसरी घरैमा प्याजको पकौडा बनाउन सकिन्छ । पौकडामा प्याजको विकल्पमा भर्सीको फुल, च्याउ, लौका पनि प्रयोग गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस