
काठमाडौँ । नेपालीहरूको महान चार्ड दशैमा नौ दिनसम्म पूजाअर्चना गरेको जमरा, दहि, रातो अविर, केरा र चामलसहितको समिश्रणबाट तयार पारीएको रातो बाक्लो अक्षताले निधार भरीने टिकामा नै विजयादशमीको महत्व छ ।
परिवारका सबै सदस्य एकै ठाँउमा बसेर, घरमा नवदुर्गा भवानीको पूजा गरेर, उमेरक्रमानुसार ठूला अनि क्रमशः सानाहरुले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ । उमेर पुगेका पाकाहरु साईतको टिका लगाउन आफूभन्दा ठूला मान्यजनकोमा जाने र नभएमा आफ्नै जीवनसाथी, जीवनसंगीनी या दाजूभाईकोमा जाने गर्दछन् ।
फूलपाती भित्राएर, महाअष्टमी र महानवमी पनि भित्र्याएर, घरमा माछा मासुका विभिन्न मिठा परिकारहरू बनाएर, सबै परिवाको साथ हर्स- उल्लासको साथ दशै मनाउने गरिन्छ । नेपालका सहज शहरदेखि असहज अन्कन्टार वस्तिसमेत आज विहानैदेखि एउटा फरक रौनकमा सजिएर ब्यस्त बनेको छ । केटाकेटीहरू नयाँ लुगा लगाएर यताउता कूदिरहेका होलान् ! के बुढा, के वृद्ध अनि के तन्नेरी, सबैलाई दशैंको उर्जायूक्त रङ्गले छोएको छ । अरू बेलाको टिका र आर्शिवाद भन्दा विजयादशमीको टिका र आर्शिवाद महत्वपूर्ण हुने परम्परा रहेको छ । यो दिन आफु भन्दा ठुलाको हातबाट टका र जमरा लगाई आर्शिवाद थाप्ने गरिन्छ ।
तर, यो दिन पुरुषलाई र महिलालाई लिंगको आधारमा फरक फरक आर्शिवाद दिने चलन रहेको छ । त्यो पृथकता हामी टिका लगाईदिंदा उच्चाहरण गर्ने मन्त्रमा देख्न सक्छौं । जस्तो की पुरुषलाई टिका लगाइदिदा लिने आर्शिवाद
ॐ
आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।
यसको अर्थ
ॐ
द्रोण पुत्र अस्वत्थामाको जस्तो आयू होस, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो अजात सत्रुत्व हरणको क्षमता होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायूको जस्तो गति होस्, दूर्योधनको जस्तो मान होस् ।।
सूर्य पुत्र कर्ण झै दानी होस्, भीमको जस्तो वल होस्, युधिष्ठिर जस्तो सत्यवान होस्, विदूरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कृति होओस् । जस्ता आर्शिवाद प्रदान गर्ने परम्परा रहेको छ ।
तर, महिलालाई टिका लगाइदिदा दिने आर्शिवाद भने यस्तो छ :
ॐ
जयन्ती मङ्गलाकाली,
भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवाधात्री,
स्वाहा स्वधा नमोऽस्तुते।
अर्थातः ति देवी जसले सम्पूर्ण संसारलाईनै विजय गर्न सक्ने सार्मथ्य राख्दछिन्, जो हरेक अन्धकारको निदान गर्न सक्दछिन्, समयको पाबन्दिभन्दा पर रहेकी ति देवी जो मानव खप्परको माला लगाउँदछिन अनि हरेक प्रकारका दुखःको निदान गर्न सक्दछिन् । यो जगतको रक्षा गर्ने हे देवी! यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौं ।
यो पावन पर्व हिन्दू धर्ममा मात्र सिमित नभएर एउटा सनातनी पर्व हो । यसलाई बौद्ध धर्मावलम्विहरूले समेत हर्ष र उल्लासका साथ मनाउने गरेका छन् । फरक केवल यत्ति छः हिन्दूहरू रातो टिका लगाएर नव दूर्गा भगवतीको पूजा अर्चना गर्ने गर्छन् भने बौद्ध अनूयायीहरू सेतो टिका लगाएर प्रज्ञाको पूजा गर्ने गर्दछन् ।
घरको मूल टिका लगाएर सुसुराली, मामाघर या ठूल बा, दाजू अनि अन्य मान्यजनकोमा पुग्ने चलन छ । आजको दिन बाटोघाटोमा टिका अनि जमरा लगाएर सपरिवार हिंडेका दृष्यले पनि हामी नेपाली पारीवारिक सौहार्दता र सामिप्यतामा कति विश्वास राख्छौं भन्ने कुरालाई प्रस्ट पार्दछ । आजैको दिन दुर्गा भवानीले महिषाशुर नामक अशुरको वध गरेको भनेर पनि उल्लेख गरिएको छ ।
यी टिका, जमरा अनि रमाइलोको माहोल दैत्यहरुमाथी देवताहरुको विजय, असत्यमाथी सत्यको विजय अनि अमानविय तत्वमाथी मानवताको विजयका रुपमा लिइन्छ ।
प्रतिक्रिया दिनुहोस