aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

चिनियाँ राष्ट्रपति सी जिनपिङको दिवा भोजमा नेपालका प्रधानमन्त्री सहभागी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ असोज २०८०
चिनियाँ राष्ट्रपति सी जिनपिङको दिवा भोजमा नेपालका प्रधानमन्त्री सहभागी

काठमाडौं । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाललाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दिवा भोज आयोजनामा सहभागी गराएका छन् ।  १९ औँ एसियाली खेलकुद प्रतियोगिता उद्घाटन समारोहमा सहभागी हुन चीनको चच्याङ प्रान्तको हाङचौँ सहरमा पुगेका विशिष्ट अतिथिहरूलाई दिवा भोज दिएर चीनमा स्वागत गरिएका हुन ।

खेलकुद प्रतियोगितामा एसियाली देशका विभिन्न अतिथिहरू त्यहा पुगेका छन् । चीनको चच्याङ प्रान्तको हाङचौँ सहरमा कम्बोडियाका राजा नारोदोम सिहामोनी, सिरियाली राष्ट्रपति बसर अल असद, उनकी श्रीमती अस्मा, कुवेतका युवराज मिशल अहमद अल जबाएर, अल सवाह, पूर्वी टिमोरका प्रधानमन्त्री सानाना गुसमाउ, दक्षिण कोरियाका प्रधानमन्त्री हान डक सु पुगेका छन् । 

त्यस्तै, मलेसिया तल्लो सदनका सभामुख जोहरी विन अब्दुल साथमा उनकी श्रीमती नोलेनी, ओलम्पिक काउन्सिल अफ एसियाका कार्यवाहक अध्यक्ष राजा रणधीर सिंह, अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाह, ब्रुनाई सुल्तानका प्रतिनिधि राजकुमार सोफी चच्याङ प्रान्तको हाङचौँ सहरमा छन् । त्यस्तै, जोडर्नका राजकुमार फैजल, थाइल्याण्डका राजकुमारी सिरिवन्नावरी महिदोल लगायतका राजपरिवारको अन्य प्रतिनिधि सहभागी रहेको छन ।  

प्रतिक्रिया दिनुहोस