
एजेन्सी । के तपाइको युरोपको कुनै ठाउँमा गरे बस्ने रहर छ ? यदि त्यसो हो भने इटलीमा मात्र एक डलरमा घर खरिद गरेर बस्ने अवसर यहाँको सामुन्ने छ । समाचार एजेन्सीहरुले रिपोर्ट गरे अनुसार अब इटलीको सिसिली द्वीपको एउटा नगर परिषदले विदेशिलाई त्यहाँ बसोबास गर्न सहयोग गर्ने गरि योजना बनाएको छ ।
तर, अचम्मलाग्दो कुरा यो छ कि त्यहाँ बस्न चाहनेले मात्र एक युरो अर्थात् लगभग १२५ नेपाली रुपयाँमा घर किन्न सक्छन् । सिसिलीको ग्रामीण इलाकाको एक गाउँ संबूकाका अधिकारीहरुले लगातार रुपमा त्यहाँको आवादी घट्दै गएपछि यस्तो योजना बनाएका हुन् ।.
गाउँका खाली पुराना घरहरु एक युरोमा बिक्रि गरेर आवादी बढाउने उनीहरुको योजना हो। गाउँ छोडेर शहर पस्ने युरोपको रोग नै बनेको बेला संबूका गाउँमा पनि यस्तो समस्या देखिएको हो। अहिले त्यहाँको जनसंख्या जामा ५,८०० मात्र रहेको बताइन्छ । यहाँका स्थानीय मानिसहरु कि शहरमा वा बिदेशमा बसाई सरेर गएका छन् ।
त्यहाँका ६० वटा घरहरु हालसम्म बिक्रि भैसकेका छन्। ति घरहरुमा विश्वका बिभिन्न मुलुकका लेखक, पत्रकार, कलाकार बसेका छन् । उनीहरु त्यहाँको प्राकृतिक सौदर्यबाट आकर्षित भएको बताइन्छ ।
त्यहाँ घर किन्नेहरुले पुरा गर्नुपर्ने सर्त यो हो कि उनीहरुले तीनवर्षको अवधिमा ति घरहरु आकर्षक ढंगले मर्मत गरिसक्नु पर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस