aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बेइजिङ पुगे प्रधानमन्त्री दाहाल, बिजनेस समिटलाई सम्बोधन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ असोज २०८०
बेइजिङ पुगे प्रधानमन्त्री दाहाल, बिजनेस समिटलाई सम्बोधन गर्ने

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हाङ्जाओबाट बेइजिङ पुगेका छन्‌ । दाहालले बेइजिङमा बाँकी कूटनीतिक भेटवार्ता र नेपाल-चीन बिजनेस समिटलाई सम्बोधन गर्नेछन्‌ ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका दाहाल त्यतैबाट चीन पुगेका हुन्‌ । शनिबार उनले हाङ्जाओमा एसियाली खेलकुद समारोह उद्‍घाटन समारोहमा भाग लिएका थिए ।

हाङ्जाओमै दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि भेटवार्ता गरेका थिए । बेइजिङमा भने दाहालले चिनियाँ समकक्षी लि खछ्याङसँग भेटवार्ता गर्ने कार्यतालिका छ ।

आज हुँदै गरेको नेपाल–चीन बिजनेस समिटलाई पनि उनले सम्बोधन गर्नेछन्‌ । चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीले सम्मेलनको आयोजना गरेका हुन् । सम्मेलनमा नेपाल र चीनका १०० भन्दा बढी उद्योगी-व्यवसायी सहभागी हुँदैछन्‌ । सम्मेलनका क्रममा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक छलफल हुने बताइएको छ ।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री दाहाल र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आज बेइजिङमा रात्रिभोज आयोजना गर्नेछन्‌ ।

प्रतिक्रिया दिनुहोस