aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

२५ वटा जलविद्युत् आयोजनाले सरकारलाई साँचो बुझाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ असोज २०७६
२५ वटा जलविद्युत् आयोजनाले सरकारलाई साँचो बुझाउने

काठमाडौं । सञ्चालन खर्च समेत धान्न नसक्ने अवस्थामा पुगेका २५ रुग्ण  जलविद्युत् आयोजनाका प्रवर्द्धकहरूले कात्तिक १ गते सरकारलाई आफ्नो आयोजनाको साँचो बुझाउने बताएका छन् । 

बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा उनीहरूले ऊर्जा मन्त्रालयदेखि सम्बद्ध सम्पूर्ण निकायसँग एक चरण छलफल गर्ने र त्यसबाट पनि समाधान ननिस्किए साँचो सरकारलाई बुझाउने चेतावनी दिएका छन्।

सरकारले विभिन्न सुविधा दिने घोषणा गरी आयोजना बनाउन उत्प्रेरित गरेको तर सुविधा नदिँदा आयोजना सञ्चालन नै गर्न नसक्ने अवस्थामा पुगेको प्रवर्द्धकहरूको भनाइ छ ।

न्यून विद्युत् खरीद दर, बैंकको निरन्तर बढ्दो ब्याजदर, नदी प्रवाहको कमी तथा प्राधिकरणले समयमा र गुणस्तरीय प्रसारण लाइन नबनाउनाले उत्पादन तथा प्रवाह कम हुँदा आम्दानी घट्नु र क्षतिपूर्ति पनि तिर्नुपर्ने अवस्थाले आयोजनाहरू रुग्ण हुन पुगेको उनिहरुको दाबी छ । यो समाचार अजाको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस