aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सरकारको विकास ऋणपत्र नेप्सेमा सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ असोज २०८०
सरकारको विकास ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं ।  नेपाल सरकारका दुईवटा विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । सरकारको विकास ऋणपत्र २०८६ ‘छ’ र २०८८ ‘ख’ नेप्सेमा सूचीकृत भएको हो । यी ऋणपत्र क्रमशः ६ वर्षे र ८ वर्षे अवधिका हुन् । 

विकास ऋणपत्र २०८६ ‘छ’ गत साउन १९ गते निष्कासन भएको थियो । यो ऋणपत्रको भुक्तानी मिति २०८६ साउन १९ गते रहेको छ । यसमा लगानीकर्ताले वार्षिक ६.५ प्रतिशत ब्याज पाउनेछन् ।  

त्यस्तै विकास ऋणपत्र २०८८ ‘ख’ गत साउन २९ गते निष्कासन भएको थियो । यो ऋणपत्रको भुक्तानी मिति २०८८ साउन २९ गते रहेको छ । यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन् ।
 

प्रतिक्रिया दिनुहोस