aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

होटलमा जुवातास खेलिरहेका पाँच जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ असोज २०८०
होटलमा जुवातास खेलिरहेका पाँच जना पक्राउ

काठमाडौं । होटलमा जुवातास खेलिरहेका पाँच जना पक्राउ परोक छन् । काठमाडौं महानगरपालिका २६ मित्रनगरस्थित आस्विन राईको परेली होटलमा जुवातास खेलिरहेको अवस्थामा काभ्रेपलाञ्चोक नमोबुद्द नगरपलिका ७ बस्ने ३८ वर्षीय नारायण खनाल समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ५ सय रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस