aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

वाणिज्य बैंकमा बिहानी सेवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ असोज २०७६
वाणिज्य बैंकमा बिहानी सेवा

लमजुङ । राष्ट्रिय वाणिज्य बैंक बेंसीसहर शाखाले अतिरिक्त समयमा कारोबार सुरु गरेको छ । बडादसैंको अवसरमा सेवाग्राहीहरूको भीड बढेपछि शाखाले बिहान र बेलुकाको समयमा अतिरिक्त सेवा प्रदान गरेको हो ।

बैंकमा सेवाग्राहीहरूको भीड बढेपछि सेवालाई सहज बनाउन बिहानको समयमा अतिरिक्त सेवा दिएको राष्ट्रिय वाणिज्य बैंक बेंसीसहर शाखाका प्रवन्धक सोमनाथ पौडेलले बताए । हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म अतिरिक्त समयमा बैंकबाट काम कारबाही भइरहेको शाखा प्रबन्धक पौडेलले बताए ।

“अहिले दसैंको बेला सेवाग्राहीको भीड निकै बढेकाले बिहानमा पनि अतिरिक्त सेवा दिएका छौं,” पौडेलले भने, “बिहान ७ बजेदेखि ९ बजेसम्म अतिरिक्त कारोबार भइरहेको छ ।”

बैंकमा विशेष गरी दसैंका लागि नयाँ नोट सटही, तलब, पेन्सन लिनेलगायतका सेवाग्राहीहरूको भीड बढेको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस