aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ असोज २०८०
सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

तुलसीपुर । सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार मृतकको पहिचान हुन सकेको छैन । 

रोल्पाबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ च १०२५ नम्बरको ‘सिंगल क्याप’ जीप  आज बिहान  कपुरकोट गाउँपालिका ३ चोरखोला नजिक सेतापैरामा दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको उनले जानकारी दिए।  

जीप सडकबाट साढे तीन सय मिटर तल खसेको  थियो । दुर्घटनामा एक जना घाइते भएका छन् । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस