aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

१० कम्पनीका ३० भन्दा बढी ब्राण्डका जुत्ता एकै ठाउँमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ असोज २०८०
१० कम्पनीका ३० भन्दा बढी ब्राण्डका जुत्ता एकै ठाउँमा

काठमाडौं । १० कम्पनीका ३० भन्दाबढी ब्राण्डका जुत्ता एकैठाउँमा पाइने भएको छ । यो अवसर भृकुटीमण्डपमा भइरहेको जुत्तामेलाले जुराएको हो ।

दशैंको अवसर पारेर राजधानीको भृकुटीमण्डपमा ‘दशैं फुटवेयर मेला–२०८०’ सुरु भएको छ । नेपालका प्रतिष्ठित १० कम्पनीको आयोजनामा यही असोज ३ गतेदेखि सुरु भएको मेला आगामी कात्तिक ४ गतेसम्म चल्ने भएको हो । यस मेलामा यही असोज १० गतेदेखि छुट अफर सुरु हुने भएको छ । जहाँ १५ देखि ६० प्रतिशतसम्म छुट पाइने आयोजकले जनाएको छ ।

जुत्तामेला संयोजक सविन काकीका अनुसार मेलामा शिखर सु इण्डष्ट्रिजको शिखर सुजदेखि रन सु इण्डष्ट्रिजको रन सुजसम्म पाइन्छन् । त्यस्तै, मेलामा नियसा सु इण्डष्ट्रिजको ब्याम्बो सु, स्वदेशी सु उद्योगको पिजी सु, फुट स्टेप सु इण्ड्रष्टिजको आइडल सु, हिमानी सु कलेक्सनको हिमानी सु, स्मार्ट सु इण्ड्रटिजको स्मार्ट सु, वान वल्ड्र्स इण्डष्ट्रिजको वान वल्ड्र्स सु, पवित्र सु इण्ड्रटिजको सुल्याण्ड राखिएको छ ।

प्रतिक्रिया दिनुहोस