aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 
समाचार टिप्पणी

उद्योग वाणिज्य महासंघमा फुटको सम्भावना, दुर्गामाताको आशिर्वादको खाँचो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ असोज २०७६
उद्योग वाणिज्य महासंघमा फुटको सम्भावना, दुर्गामाताको आशिर्वादको खाँचो

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघमा फेरी घिनलाग्दो राजनीतिक खेल शुरु भएको छ । यसले बिगतमा रविभक्त श्रेष्ठ अध्यक्ष रहेकाबेला महासंघ फुटाएर बिनोद चौधरीले नेपाल उद्योग परिसंघ (सीएनआइ) गठन गरेको अवस्थामा महासंघलाई पुर्याउने चिन्ता उत्पन्न गराएको छ ।  

बुधबार वहालवाला तीन उपाध्यक्ष सहित महासंघका अधिकांश पदाधिकारी र महासंघबाट वाहिरिएका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारसहितले पत्रकार सम्मेलन नै गरेर महासंघमा बदनामी कमाएका र बैंकको कालोसूचीमा परेका उद्योगीरब्यापारीहरु कै महासंघमा हालीमुहाली कायम राख्ने उदेश्यले बिधान संसोधनप्रती आफ्नो साझा धारणा सार्वजनिक गरेपछी महासंघमा शुद्द्ताको सम्भावना कम हुँदै गएको निष्कर्ष निकालिएको छ ।

बुधबारको कार्यक्रममा अत्यन्तै उग्र रुपमा प्रस्तुत भएका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले संशोधन गरेर अध्यक्षका लागि चुनाव गर्ने र विशिष्ट सदस्य पद हटाउन नहुनेमा आफुहरुको एक मत रहेको बताएका थिए । यो कार्यक्रमको सुत्रधार र आयोजक अरुकोही नभएर बैंकले कालोसूचीमा राखेका महासंघ पुर्व अध्यक्ष चण्डिराज ढकाल रहेको बताइन्छ । 

बुधबारको कार्यक्रममा उपस्थित एकमात्र पुर्व अध्यक्ष ढकालले कार्यक्रमलाई सम्बोधन भने गरेनन् । यसअघी महासंघको गरिमा र प्रतिष्ठामा नै गम्भीर प्रश्न उठ्न थालेको भन्दै पुर्व अध्यक्षहरुले लिखित रुपमा नै अध्यक्षको चुनाब यही फाल्गुन महिनामा सम्पन्न हुने महासंघको अधिवेशनमा नभएर त्यो भन्दा पछिल्लो अधिवेशनबाट लागु गर्नुपर्ने सुझाव दिएका थिए ।

यसो हुँदा आफ्नो दशकौं देखिको पकड महासंघबाट गुम्ने खतरा देखिपछी पुर्व अध्यक्ष मध्येका चण्डिराज ढकालले यस्तो उपद्रो गरेको एक पुर्व अध्यक्षले आर्थिक न्युज डटकमसँग बताए । उनका अनुसार बैंकको ऋण नतिर्उने र आफु जोगिन महासंघ प्रयोग गर्ने नितान्त व्यक्तिगत स्वार्थले चण्डिराज यस्ता नचाहिंदा काम गरिरहेका छन् । नले भने,ुउनी बैंकलाई ऋण तिर्ने पक्षमा छैनन् । जवसम्म आफ्नो कठपुतलीलाई महासंघको नेतृत्वमा राख्न सकिन्छ त्यो मितिसम्म ऋण तिर्नु पर्दैन भन्ने भ्रम उनमा छ । जुनदिन यो भ्रमबाट मुक्त हुन्छन् र महसंघको नेतालाई समेत कानुनले छोड्दैन भन्ने बुझ्छन् त्यसपछि मात्र यस्तो उपद्रो चण्डिराजले छोड्छन् ।ु  

बुधबारको पत्रकार सम्मेलनमा महासंघका जिल्लारनगर उपाध्यक्ष किशोरकुमार प्रधान, वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र राजकर्णिकारले अध्यक्षमा निर्वाचन हुनेगरि विधान संशोधन हुनुपर्ने धारणा राखेका थिए। अघिल्लो निर्वाचनमा हालका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छासँग टिठलाग्दो हार व्यहोरेका किशोरकुमार प्रधानलाई चण्डिराजले नै  महासंघको  जिल्लारनगर उपाध्यक्षमा ल्याएका हुन् ।

उनि ढकाललाई त्यो गुन तिर्न र गोल्छासँग हारको प्रतिशोध लिन जसरी भएपनि गोल्छालाई अध्यक्ष बन्न नदिने गरी सकृय बनेका छन् । त्यसैले सो कार्यक्रममा प्रधान,श्रेष्ठ र राजकर्णिकारले विधान संशोधनको वर्षबाटै अध्यक्षको निर्वाचन हुनुपर्ने धारणा राखेका थिए । बरु अब अध्यक्षको निर्वाचन भएमा सम्भावित उमेद्द्वारको रुपमा चर्चामा रहेका एशोसिएट उपाध्यक्ष चन्द्रप्रसाद ढकालले चाहीं  वरिष्ठ उपाध्यक्षलाई स्वतस् अध्यक्ष हुन दिने वा नदिने बारे विशेष साधारणसभाबाट निर्णय हुने बताएका थिए।

पत्रकार सम्मेलनमा उपस्थित रहेका अनुहार हेर्दा के स्पष्ट देखिन्थ्यो भने अहिलेको खेललाई चण्डिराज ढकालले मारवाडी समुदाय र पहाडे समुदाय बिच प्रतिष्पर्धा गर्ने अवसरको रुपमा बिशेष साधारणसभालाई प्रयोग गर्न खोजिरहेका छन् । यसोहुँदा  इमान र इज्जत सहित व्यापार गर्ने समुदायलाई महासंघबाट बिदा गर्ने र बदनाम कमाएका, कालोसूचीमा परेका ब्यापारीले कारवाहीबाट बच्न ओतलाग्ने संस्थाको रुपमा महासंघलाई प्रयोग गर्न सकिन्छ भन्ने उनिहरुको बिश्वास रहेको देखिन्छ । 

पहाडे समुदायको पनि सामाजिक जिम्मेवारी र ब्यापारिक प्रचलन कायम राख्दै इज्जतिलो व्यापार इमानका साथ गर्नुपर्छ भन्ने समुह भने यो खेलको बिपक्षमा छ । महासंघका पुर्व अध्यक्षहरु यही श्रेणीमा पर्छन् । त्यसैले उनीहरुले उद्योग बाणिज्य महासंघमा चण्डिराजको ‘राज’ को अन्त्य गरेर यसलाई शुद्द र सही ब्यापारीको छाता संगठन बनाउने प्रयत्न गरिरहेका छन् ।

पुर्व अध्यक्षहरु भने बिनोद चौधरीले सिएनआइ गठन गरे जस्तै फेरी कुनै एक समुह महासंघबाट चोइटिएर जाने सम्भावनाबाट त्रसित देखिन्छन् । यही कुरालाई जोड दिंदै एक पुर्व अध्यक्ष्यले भने,ु बिगतको इतिहास नदोहोरियोस भन्ने हो । इमान्दारिताका साथ व्यापार गर्ने मान्छेहरुले अर्कै संस्था खोल्नुपर्ने अवस्था नबनोस भन्ने हाम्रो चिन्ता हो । यो जोगाउनु पर्छ । उद्योगरव्यापार केही नभएका र दिनभर महासंघमा बसेर त्यहि ढलिमली गर्नमात्र खोज्ने मान्छेहरुको व्यक्तिगत स्वार्थको शिकार महासंघ बन्नु हुँदैन । हामी पुर्व अध्यक्षहरु त्यसो हुन दिंदैनौ ।ु

शेखर गोल्छाले धोका पाए भने उनले चल्न सक्ने कदम र चण्डिराज ढकालको स्वार्थले बिगारेको स्थितीबारे उनले  यसरी ब्याख्या गरे । जे होस्, बुधबार साँझको कार्यक्रमले महासंघको जग हल्लेको छ।  सत्य र असत्य बिच संघर्ष शुरु भएको छ । दशैको नवरात्री चलिरहेको हुँदा आशा गरौँ, पुराणमा उल्लेख भए झैँ दुर्गामाताले सत्य र न्यायको पक्षमा साथ दिएर आम उद्योगीरब्यापारीको छाता संगठन एफएनसीसीआईमा गरिमा, प्रतिष्ठा र एकता कायम राख्नेछीन् । यदी बुधबार साँझको उदेश्य पुरा भएछ भने बुझे हुन्छ( कलियुग साँच्चिकै लागिसकेछ ।

प्रतिक्रिया दिनुहोस