aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सुन किन्ने बहानामा चोरी गर्ने चार जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० असोज २०८०
सुन किन्ने बहानामा चोरी गर्ने चार जना पक्राउ

काठमाडौं । सुन किन्ने बहानामा चोरी गर्ने चार जना पक्राउ परेका छन् । सुनका गरगहना किन्ने बहानामा सुन पसलमा गई चोरी गरेको अभियोगमा ४
जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका ९ घर भई काठमाडौं ढुङ्गेधारा बस्ने ३३ वर्षीया रत्न महर्जन, तार्केश्वर नगरपालिका ४ पुरानो गुहेश्वरी बस्ने २२ वर्षीय सुमन पुतुवार, नुवाकोट बेलकोटगढी नगरपालिका ७ घर भई काठमाडौं महानगरपालिका १६ नयाँबजार बस्ने ३६ वर्षीय वीरेन्द्र बिक र भारत महाराष्ट्र घर भई काठमाडौं माछापोखरी बस्ने ३७ वर्षीय हनुमन्त फाँडे रहेका छन् । 

काठमाडौं उपत्यकाका विभिन्न ७ भन्दा बढी स्थानहरुमा स्कुटरको प्रयोग गरी सुन पसलमा गई सुनका गरगहना किन्ने बहाना बनाई चोरी गरी फरार रहेको घटना अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले चोरीमा संलग्न रत्न र सुमनलाई गत शुक्रबार पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा अन्य २ जनालाई सोमबार पक्राउ गरेको हो । 

उनीहरूमध्ये रत्न चोरी गर्ने, सुमन स्कुटर चालक र वीरेन्द्र तथा हनुमन्त चोरी गरेको सुनका गहना खदिद गर्ने व्यक्ति रहेको खुल्न आएको छ ।

प्रतिक्रिया दिनुहोस