aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सांसद खड्काद्धारा एक व्यक्ति एक पद कार्यान्वयन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० असोज २०८०
सांसद खड्काद्धारा एक व्यक्ति एक पद कार्यान्वयन

काठमाडौं । नेपाली काँग्रेसका संखुवासभा सभापति तथा प्रतिनिधिसभा सदस्य दिपक खड्काले जिल्ला सभापति पदबाट राजीनामा दिएका छन् । २०७९ साल मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचन खड्काले आफू सभापति र प्रतिनिधि सभा सदस्य दुबै पदमा एक व्यक्ति हुन नुहुने पार्टीको नीतिलाई कार्यान्वयन गर्नका लागि जिल्ला सपभाति पदबाट राजीनामा दिने निर्णय गरेको बताएका छन् । 

२०७८ सालमा उनी पार्टी सभापतिमा निर्वाचत भएका खड्का नेपाली उद्योग व्यवसायमा समेत संलग्न व्यक्ति हुन । उनले आफ्नो कार्यकालमा पार्टीलाई संखुवासभाका कुना कुनामा संगठनलाई सुदृढ बनाएको दावी गरेका छन् । नेपाली काँग्रेस पार्टीको सफल र सवल संगठन निर्माणमा आफू निरन्तर लागि पर्ने पनि उनले आफ्नो राजीनामा पत्रमा उल्लेख गरेका छन् । 


 

प्रतिक्रिया दिनुहोस