aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

जुवातास खेलिरहेका १० जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ असोज २०८०
जुवातास खेलिरहेका १० जना पक्राउ

कैलाली । जुवातास खेलिरहेका १० जना पक्राउ परेका छन् । जोशीपुर गाउँपालिका ५ बनकट्टा बस्ने ३२ वर्षीय प्रवेश चौधरीको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा चौधरी समेत १० जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद १ लाख १३ हजार रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस