
काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अल्ब्राइट भोलि काठमाडौं आउँदैछिन् । काठमाडौंस्थित अमेरिकी दूतावासले एमसीसी–नेपाल कम्प्याक्टको बारेमा विभिन्न विषयमा छलफल गर्न सीईओ एलिस अल्ब्राइटको नेपाल भ्रमण र उनको पाँच दिने नेपाल बसाइको पुष्टि गरेको छ ।
ूएमसीसीका सीईओ एलिस अल्ब्राइट अमेरिका(नेपाल द्विपक्षीय साझेदारी र एमसीसी नेपाल कम्प्याक्टको सफल सुरुवातको उत्सव मनाउन अर्को हप्ता नेपाल आउनेछन्, काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ।
सीईओ एलिसले आफ्नो भ्रमणको क्रममा नेपाल सरकारका वरिष्ठ नेताहरू र एमसीसी कार्यान्वयनसँग सम्बन्धित चुनौतिहरूलाई सम्बोधन गर्न र कम्प्याक्टका अन्य विवादहरुमा पनि छलफल हुने जनाइएको छ ।
सीईओ एलिसको यात्रा कार्यक्रममा काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, ऊर्जामन्त्री शक्ति बस्नेतलगायत उच्चपदस्थ सरकारी अधिकारीसँग भेटघाट हुनेछ ।
एमसीसी–नेपाल कम्प्याक्ट प्रारम्भिक हस्ताक्षर भएको दुई वर्षपछि नेपालको संसदले अनुमोदन गरेपछि औपचारिक रूपमा पाँच वर्षे कार्यान्वयन चरणमा प्रवेश गरेको छ । तर, ठेक्का प्रक्रिया र जग्गा अधिग्रहण सम्बन्धी जटिलताले कार्यान्वयन प्रक्रियामा अनिश्चितता ल्याएको छ ।
हाल सामना गरिरहेको प्रमुख अवरोधहरूमध्ये एउटा प्रसारण लाइन निर्माण हो, जहाँ छनोट गरिएको बोलपत्रदाताले आयोजनाको लागत प्रारम्भिक अनुमानभन्दा बढी हुन सक्ने संकेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस