
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यवाद दिएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा दलीय आधारमा प्राप्त समयमा सभापति लामिछानेले निगमले स्वचालित मूल्य प्रणालीअनुसार बढेको समयमा मूल्य बढाउने, तर घटेको समयमा मूल्य नघटाउने गरेको आरोप समेत लगाए ।
‘आयल निगम पेट्रोलियम पदार्थ आफैं आयात गर्छ, आफैं व्यापार गर्छ र नियमन पनि आफैं गर्छ’, उनले भने, ‘कर्मचारीलाई बोनस बाँड्न पनि भ्याउँछ, तर सधैँ घाटामा रहन्छ । देशले यो घाटा कहिलेसम्म सहिरहनुपर्ने हो ?’
प्रतिक्रिया दिनुहोस