aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
मेची क्राउन

पूर्वको ‘शान’ बन्दै मेची क्राउन, साउनबाट सञ्चालनमा आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० चैत्र २०७५
पूर्वको ‘शान’ बन्दै मेची क्राउन, साउनबाट सञ्चालनमा आउने

काठमाडौं। पूर्वी नेपालकै पहिलो पाँच तारे होटलका रुपमा ‘मेची क्राउन’ सञ्चालन हँुदैछ । एक नम्बर प्रदेशअन्र्तगत झापाको धुलाबारीमा सञ्चालनमा आउने उक्त होटलल त्यस क्षेत्रकै ‘शान’ हुने होटलका सञ्चालकमध्येका एक बलराम सापकोटाले बताए ।

क्यासिनोसहित पाँच तारे होटलमा हुने सम्पूर्ण सुविधा हुने यस होटलमा गोल्डन भेगास समूहसहित चार जना लगानीकर्ता रहेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकको ऋण र नेपाली लगानीकर्ताको लगानीमा निर्माण भइरहेको मेची क्राउनमा विदेश होटलले समेत फ्रेन्चाइज जोड्न चाहेको सञ्चालक सापकोटाको भनाइ । तर, सापकोटा भन्छन्–‘यो विशुद्ध नेपाली डिजाइन र नेपाली लगानीमा बन्ने भएकाले पनि तत्कालै विदेशी साझेदारी ल्याउने हाम्रो याजना छैन ।’

 

आठ विघा क्षेत्रफलमा साढे तीन अर्ब रुपैयाँ लगानीमा निर्माण भइरहेको होटल मेची क्राउनमा ८ वटा भवन हुने उनले जानकारी दिए । होटलमा एक सय सातवटा सुविधा सम्पन्न कोठा हुनेछन् ।

लबी, रिसेप्सनसहित होटलको मुख्य भवन चार तल्लाको छ । यो भवनमा ८७ वटा डिलक्स रुमहरु रहने उनले बताए । होटलमा तीन हजार जनाभन्दा धेरै अट्ने ब्याक्वेट हल र तीनवटा सेमिनार गर्न सकिने हल रहेका निर्माण भइरहेको सापककोटाले जनाए ।

सापकोटाका अनुसार होटलमा पाँचवटा कटेज ब्लक रहनेछ । जसमा १६ वटा जनरल स्वीट रुम, एउटा प्रेसिडेन्सियल स्वीट रुम, एउटा जुनियर प्रेसिडेन्सियल स्वीट रुम, एउटा एक्युकेटिभ प्रेसिडेन्सियल स्वीट रुम र एउटा फेमिली प्रेसिडेन्सियल स्वीट रुम हुनेछ।

होटलको संरचना अत्याधुनिक हुने भए पनि हरेक कोठामा स्थानीय जनजाति (मेचे, सतार आदि) को संस्कृति झल्किने पहिचाहन देखिने सामग्री राखिनेछ् ।

होटलमा सामान्य कर्मचारीदेखि म्यानेजरसम्मका मानस्रोत स्थानीय स्तरबाटै खोजिने उनले जानकारी दिए । उनले भने–‘झापाबाट मलेसियादेखि युरोप अमेरिकासम्म काम गर्न गएको जिल्ला हो र त्यहाँका जनशक्ति सामान्य कामदेखि डाक्टर, इन्जिनियरसम्मको काममा विदेश गएका छन् । ’

उनका अनुसार मेची क्राउनले करिब तीन सय जना प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी दिन सक्नेछ । नेपाल आर्किटेक्ट र डिजाइनमा निर्माण हुने यो होटल नेपालका अन्य स्थानमा बनेका होटलभन्दा फरक हुने सञ्चालक सापकोटाको दाबी छ । होटलमा रहेको क्यासिनो भने भारतीय गोल्डन ग्रुपले खरिद गरिसकेको उनले बताए । क्यासिनोको नाम समेत अब गोल्डेल क्यासिनो हुने उनले जानकारी दिए ।

प्रदेश नम्बर एकमा बन्ने पाँच तारे होटलले छिमेकी देश भारत, बंगलादेश र भुटानका पर्यटकलाई लक्षित गरेर निर्माण हुँदै गरेको मेची क्राउन आउँदो साउनदेखि सञ्चालनमा आउने सापकोटा बताउँछन् ।

सरकारले भखर्रै लगानी सम्मेलन गरेर विदेशी लगानीकर्तालाई विभिन्न प्रलोभन देखाएर नेपालमा लगानी गर्न आकर्षित गरिरहेको छ । तर, नेपालमा नै लगानी गरिहेका लगानीकर्तालाई भने उपेक्षा गरिहेको मेची क्राउनका सञ्चालक सापकोटाको गुनासो छ ।

मेची क्राउन निर्माण गर्नुपूर्व सरकारले दिने भनेको विभिन्न छुट कागजमा मात्रै सीमित बनाएका कारणले अहिले होटलको लागत बढेको उनको भनाइ छ । सरकारले होटल निर्माणमा प्रयोग हुने सामग्री आयातमा भन्सार छुट दिने आश्वासन दियो । तर, कार्यान्वयन नगर्दा आफूहरुलाई महँगो परेको उनले बताए ।

विदेशी लगानीकर्ताले लगानी ल्याउँछु भन्यो भने चाहिँ कानुनमा नभए पनि कानुन नै संशोधन गरेर पनि लगानी ल्याउ भन्ने अनि नेपाली लगानीकर्तालाई चाहिँ कानुनमा भएको सुविधा दिन पनि आइतबार कुर्नुपर्ने यो कस्तो देश हो ? सापकोटा सरकारलाई प्रश्न गर्छन् ।

प्रतिक्रिया दिनुहोस