aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

दुई महिनामा नौ करोडको आलु प्याज आयात

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ असोज २०७६
दुई महिनामा नौ करोडको आलु प्याज आयात

काठमाडौं । भारतका विभिन्न सहरबाट वीरगञ्ज नाका भएर साउन र भदौ महिनामामात्र साढे नौ करोड रुपियाँको आलु र प्याज भित्रिएको हो ।

गत आर्थिक वर्ष २०७५/७६ को पहिलो दुई महिनामा सात करोड ३५ लाख २३ हजार ५८५ रुपिया मूल्य बराबरको आलु प्याज भित्रिएकोमा यस आर्थिक २०७६/७७ वर्षमा दुई करोड दुई लाख ९३ हजार रुपियाँले बढेर नौ करोड ३८ लाख १७ हजार ४०३ रुपियाँ बराबरको आलु प्याज भित्रिएको हो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी मनिष महतोका अनुसार आर्थिक वर्ष २०७६/७७ को साउन र भदौ महिनामा तीन करोड चार लाख ८३ हजार ३७३ रुपिया बराबरको १३ लाख ९३ हजार ९०० किलो आलु वीरगञ्ज भन्सार नाका भएर भित्रिएको छ । यो समाचार आजको  गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस