aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

बाइडेनले भने– ‘युक्रेनलाई सहयोग जारी राख्न धेरै समय छैन’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ असोज २०८०
बाइडेनले भने– ‘युक्रेनलाई सहयोग जारी राख्न धेरै समय छैन’

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अहिले अमेरिकी सहयोग जारी रहने बताएका छन् । युक्रेनमा जारी युद्ध प्रयासमा सहयोगी मुलुकहरूलाई अमेरिकी वित्तीय सहयोग जारी राख्ने आश्वासन दिएका कारण बाइडेनले सो कुरा बताएका हुन् । 

यद्यपि राष्ट्रपति बाइडेनले अमेरिकी कांग्रेसलाई समय घर्किंदै गइरहेको चेतावनी दिएका छन् । “युक्रेनलाई कुनै पनि कारणले हामी अमेरिकी सहयोगलाई अवरोध हुन दिन सक्दैनौँ”, शनिबार अबेर कांग्रेसले अल्पकालीन सहयोग प्याकेज पास गरेर सरकारी सेवाहरू बन्द हुनबाट जोगाएपछि रुजबेल्ट रुमबाट बाइडेनले भने । 

सहयोग बिलको समय मध्य नोभेम्बरम्मका लागि मात्र रहेको उनले उल्लेख गरे । उनले सहयोग प्याकेजमा सकेसम्म चाँडोभन्दा चाँडो वार्ता गर्न कांग्रेसलाई आग्रह गरे । “सिनेट र हाउससहित दुवै पार्टीका डेमोक्र्याट र रिपब्लिकनको ठूलो बहुमतले रुसबाट भएको क्रुर आक्रमणमा युक्रेनलाई सहयोग गर्न समर्थन गर्दछ”, राष्ट्रपति बाइडेनले कांग्रेसलाई भने, “खेल बन्द गरौँ र युक्रेनलाई सहयोग गरौँ ।”   

प्रतिक्रिया दिनुहोस