aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

‘कीभ बैठकबाट यूरोपेली संघको भविष्यको सीमा निर्धारण’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ असोज २०८०
‘कीभ बैठकबाट यूरोपेली संघको भविष्यको सीमा निर्धारण’

एजेन्सी । युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले राजधानी कीभमा जारी विदेशमन्त्री स्तरीय बैठकले यूरोपेली युनियनको भविष्यको सीमा निर्धारण गर्ने बताएका छन्‌ । कुलेबाले यूरोपेली युनियनका विदेशमन्त्रीहरूको राजधानी किभमा सोमबार सम्बोधन गरेका हुन्‌ ।

रूससँग युद्धरत युक्रेनमा यूरोपेली संघको पहिलो बैठक बसेको हो । त्यसैले उनले जारी बैठकलाई यूरोपेली युनियनको ‘भविष्यको सीमा’ भनी संज्ञा दिएका हुन्‌ ।

‘वर्तमानमा पहिलो पटक यूरोपेली युनियनको सीमाबाहिर यूरोपेली युनियनका विदेश मामिला परिषद्को बस्न गइरहेको यो बैठक ऐतिहासिक घटना हो’, कुलेबाले भनेका छन्‌, ‘तर भविष्यमा यो बैठक यूरोपेली युनियनको सिमानाभित्र बस्न गइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस