aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

यी हुन् संसारका ठूला तेल उत्पादक, नम्बर एकमा अमेरिका

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ असोज २०८०
यी हुन् संसारका ठूला तेल उत्पादक, नम्बर एकमा अमेरिका

सन् २०२२ मा तेलको मूल्य प्रति ब्यारेल सय अमेरिकी डलर भन्दा माथि पुग्यो। युक्रेनमा रूसी आक्रमणको कारण ऊर्जा बजारमा उथलपुथलको एक वर्ष पछि यसरी खनिज तेलको मूल्य आठ वर्ष यताकै उच्च बिन्दुमा पुगेको थियो।

 यसबाट तेल कम्पनीहरूले आफ्नो नाफा दोब्बर गरे र विश्वका सबैभन्दा ठूलो तेल उत्पादकहरूको अर्थतन्त्रमा ठूलो वृद्धि भयो। यसरी महँगोमा धेरै तेल बेच्ने विश्वका ठूला उत्पादकहरू कति मात्रामा तेल आपूर्तिका लागि जिम्मेवार छन् ? भन्ने जस्ता प्रश्नको जवाफ विश्व ऊर्जाको सांख्यिकीय समीक्षाबाट प्राप्त भएको छ ।

 धेरैले अनुमान लगाए भन्दा फरक संयुक्त राज्य अमेरिका सन् २०१८ देखि संसारको सबैभन्दा ठूलो तेल उत्पादक भएको छ । यसले सन् २०२२ मा दैनिक लगभग १ करोड ८ लाख ब्यारेल खनिज तेल उत्पादन गरेर आफ्नो प्रभुत्व जारी राखेको छ । यो विश्वको तेल आपूर्तिको लगभग पाँच भागको एक भाग हो।

विश्वका अन्य प्रमुख तेल उत्पादकहरूलाई क्रमबद्ध गरेर हेर्दा दोस्रोमा साउदी अरब रहेको छ । जसले दैनिक १ करोड २१ लाखको हाराहारीमा तेल उत्पादन गर्दै आएको छ । तेस्रोमा रहेको रुसले १ करोड १२ लाख ब्यारेल दैनिक तेल उत्पादन गर्दा क्यानडाले चौथोमा रहेर सन् २०२२ मा दैनिक ५५ लाख ब्यारेल तेल उत्पादन गरेको देखिएको छ ।

पाँचौँ, छैटौँ र सातौँमा इराक, चीन र युएई रहेका छन् भने इरान, ब्राजिल र कुवेत क्रमशः आठौँ, नवौँ र दशौँ नम्बरमा रहेका छन् । विश्वमा दैनिक अहिले ९ करोड ३८ लाख ब्यारेलको हाराहारीमा खनिज तेल उत्पादन भइरहेको तथ्याङ्कमा उल्लेख छन् । यो मात्र भनेको अघिल्लो वर्षा भन्दा ४.२ प्रतिशतले बढी हो ।   

 क्षेत्रीय हिसाबले हेर्दा मध्यपूर्वले विश्वव्यापी तेल उत्पादनको एक तिहाइ हिस्सा ओगटेको छ र उत्तर अमेरिकाले उत्पादनको लगभग एक तिहाइ ओगटेको छ। सोभियत संघ विगठन पछि बनेका देशहरूको सङ्गठन कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्सले तेल उत्पादनमा विश्व उत्पादनको १५ प्रतिशत हिस्सा ओगटेका छन् ।

 तथ्याङ्कमा स्पष्ट रूपमा के देखिन्छ भने युरोपको तेल उत्पादनको घट्दो हिस्सा होअहिले विश्वको आपूर्तिको जम्मा ३ प्रतिशत मात्र युरोपले गर्दै आएको छ । गत २० वर्षयता युरोपको तेल उत्पादन ५० प्रतिशत भन्दा बढीले घटेको छ ।

क्षेत्रीय उत्पादनलाई हेर्ने अर्को लेन्स ओपेक सदस्यहरू मार्फत होजसले विश्वको तेल उत्पादनको लगभग ३५ प्रतिशत र विश्वको तेल भण्डारको लगभग ७० प्रतिशतमा नियन्त्रण कायम गरेका छन् ।

 आधुनिक अर्थतन्त्रको 'लाइफ लाइन' भएकोले तेल उत्पादनको ठूलो मात्रामा नियन्त्रण गर्ने देशहरूले ठूलो राजनीतिक र आर्थिक लाभ उठाउँछन् । यी सम्पूर्ण क्षेत्र समृद्धिमा पुगेका छन् र श्रोतको नियन्त्रणको लागि युद्धहरू लडिएका छन्।

प्रतिक्रिया दिनुहोस