काठमाडौं । वैदेशिक रोजगार विभागले १४ वटा मेनपावर कम्पनीलाई निलम्बन गरेको छ । विभागले वैदेशिक रोजगारीका लागि इजाजतपत्र प्राप्त संस्थाहरुले जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेश गरि श्रम स्वीकृती लिइ नेपाली कामदारहरुलाई जापान पठाएको आरोपमा यी मेनपावर कम्पनीलाई निलम्बन गरेको हो ।
विभागका सूचना अधिकारी कविराज उप्रेतीका अनुसार यस कार्यमा गुड लाइफ इन्टरनेशनल इम्प्लोइमेन्ट एजेन्सी प्राली, सत्यवति ओभसिज, डिएन इन्टरनेशनल नेपाल ओभरसिज इम्प्लोइमेन्ट एजेन्सी प्रालि, रोयल ओभरसिज नेपाल प्राली र जब्स ग्लोबल डटकम इम्प्लोइमेन्ट सर्भिस प्राली संलग्न रहेको पाइएको छ ।
त्यस्तै, लायन्स इन्टरनेशनल नेपाल प्राली, भण्डारी ओभरसिज प्राली, वल्ड फेभर ओभरसिज प्राली, नाप इन्टरनेशनल प्राली, मञ्जुश्री ओभरसिज सर्भिस प्राली, एएनएस एसोसिएट्स प्राली, क्यापिटल इन्टरनेशनल मेनपावर प्राली, ग्राण्ड सुइट जब प्राली र ओक्सन इन्टरनेशनल प्राली समेत यस कार्यमा संलग्न रहेको पाइएको विभागले जानकारी दिएको छ ।
सोबारे विभागमा उजुरी परेको थियो । विभागको प्रारम्भिक अनुसन्धानबाट तपशिलका संस्थाहरु सो कार्यमा संलग्नता भएको देखिएको आधारमा वैदेशिक रोजगार ऐन अनुसार निलम्बन गरी थप अनुसन्धान गर्ने र अन्य संस्थाको हकमा अनुसन्धान जारी राख्ने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस