aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को प्रतिफल घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ असोज २०८०
ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को प्रतिफल घोषणा

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले प्रतिफल घोषणा गरेको छ । फण्डले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कर समेत ५ प्रतिशत प्रतिफल वितरण गर्ने भएको हो । 

असोज १५ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले यस वर्ष ५ करोड १२ लाख ८८ हजार १८० रूपैयाँ बराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । प्रतिफल प्रयोजनका लागि योजना व्यवस्थापकले बुक क्लोजको मिति तय गरेपछि बुक क्लोजको मितिका आधारमा कायम इकाईधनीहरूलाई प्रतिफल वितरण हुनेछ ।

२०७९ साल जेठ ४ गते योजना सञ्चालन अनुमति प्राप्त गरेको यस योजना २०८९ साल साउन १० गते परिपक्क हुनेछ । बन्दुमुखी प्रकृतिको १० वर्षे अवधिको यस योजनाले १० करोड २५ लाख ७६ हजार ३६० इकाई जारी गरेको थियो । भदौ मसान्तसम्म योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य ९ रूपैयाँ ७६ पैसा रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस